अनुसन्धान जारी

सर्लाहीको हरिपुर्वामा वृद्ध दम्पती माथि इँटा प्रहार, अवस्था गम्भीर

सर्लाही ,२८ कार्तीक। सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा अज्ञात समूहले एक वृद्ध दम्पती माथि इँटा प्रहार गरी गम्भीर घाइते बनाएको छ।आक्रमणबाट ७० वर्षीय शुकदेव साह र उहाँकी श्रीमती जिब्छी साह गम्भीर घाइते हुनु भएको छ। आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराती अज्ञात समूहले इँटाले टाउको तथा अनुहारमा प्रहार गरी उहाँहरूमाथि आक्रमण गरेको बताइएको छ।

 

स्थानीयका अनुसार किराना पसल सञ्चालन गर्दै आँउनु भएको साह दम्पतीको हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्र यादवले जानकारी दिनु भयो ।गएराति भएको उक्त घटनामा संलग्न समूहको पहिचान हुन सकेको छैन। आक्रमणको कारणसमेत अहिलेसम्म खुल्न नसकेको हरिपुर्वा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रमेश यादवले जानकारी दिनु भयो ।

 

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।वृद्ध दम्पतीमाथि आफ्नै घरमा भएको यस आक्रमणले स्थानीयवासी त्रसित बनेका छन्। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा पतञ्जलीको भव्य कार्यक्रम, १९१ सहयोग शिक्षकलाई प्रमाणपत्र वितरण

दमक। १३ मंसिर |  पतञ्जली दमक नगर समिति तथा पतञ्जली सांस्कृतिक नगर समितिको आयोजनामा झापाको दमकमा बृहत् कार्यक्रम सम्पन्न भएको छ। करिब ५५० जनाको सहभागिता

विवाहपञ्चमीको निम्तो दिन अयोध्यामा तिलकोत्सव

जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव

३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार

याङवरकका दुई स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

पाँचथर,१३ मंसिर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण

हाक्पारा पुल एक वर्षमा सक्न मुख्यमन्त्री कार्कीको निर्देशन

पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको चट्टानी अडान छ : महामन्त्री आचार्य

विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार

समाधानका लागि ७ सदस्यीय वार्ता समिति गठन

झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका