गोरखाको धार्चेमा ठूलो सुख्खा पहिरो, क्षतिको विवरण आउन बाँकी

काठमाडौं ,२८ कार्तीक। गोरखाको धार्चे गाउँपालिका–१ ठाडोभर्याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो ।अधिकारीहरुका अनुसार ठाडोभ¥याङतर्फ ठूलो पहिरो खसेको छ भने यारुबगरको क्यान्टिलिभर पुल आसपास पनि पहिरो गएको छ । पहिरोले ठूलो क्षेत्र ओगटे पनि मानवीय तथा भौतिक क्षति भएको कुनै विवरण प्राप्त नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल न्यूज बैंकलाइ जानकारी दिनु भयो । ‘पहिरो गएको खबर आएको छ, तर अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन,’ उहाँले भन्नु भयो।

 

यसअघि गत असोज २५ गते चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङमा ठूलो सुख्खा पहिरो खसेपछि बुढीगण्डकीमा विनाशकारी बाढी आएको थियो । त्यसपछि कात्तिक १७ गते चुमनुब्री–५ मा सेराङ गुम्बा जाने बाटोमा र कात्तिक २० गते चुमनुब्री–१ साम्दो क्षेत्रमा पनि ठूलो सुख्खा पहिरो खसेको थियो ।साम्दोमा खसेको पहिरोले बुढीगण्डकीको सहायक खोला थुनिएको थियो । गोरखाको उत्तरी क्षेत्रमा पछिल्लो समय लगातार सुख्खा पहिरो खस्न थालेपछि नदी आसपासका बस्ती र पूर्वाधारमा जोखिम बढेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्