झापा, २८ कात्तिक । बाह्रदशी गाउँपालिका वडा न. ७ स्थित बिरिङ खोलाको किनारमा घाइते भेटिएको निलगाईको मृत्यु भएको छ ।बिहीवार राति ८ बजे बिरिङ खोलाको किनारमा रहेको बाँसको झ्याङमा पोथी प्रजातिको निलगाई अड्किएर घाइते अवस्थामा भेटिएको थियो । स्थानीयले सव डिभिजन वन कार्यालय सुरुङ्गामा जानकारी गराउनासाथ सोही वन कार्यालयका कर्मचारीहरुको टोली खटिएर घाइते निलगाईलाई उद्धार गरेको थियो ।
घाइते निलगाईलाई वन कार्यालयमा ल्याई राखिएकोमा हिजो विहान ३ः१५ बजे सो निलगाईको मृत्यु भएको हो । मरेको निलगाईलाई हिजो बिहान ७ बजे सोही वन कार्यालयको जग्गामा खाल्डो खनेर गाडिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जानकारी दिएको छ ।










