जनकपुरधाम–अयोध्या साप्ताहिक रेल सेवा सञ्चालन हुने

काठमाडौं ,२९ कार्तीक। भारतको भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने स्वीकृति दिएको छ । भारतको रेल मन्त्रालयले नयाँ रेल सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै जनकपुरधाम र भगवान् रामको जन्मभूमि मानिने अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुने भएको हो ।भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) दिल्लीले शनिबार सार्वजनिक गरेको सूचनाअनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ । रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानलाई जोड्नेछ ।

 

पीआईबीका अनुसार यो रेल सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्नेछ । रेलले अन्तिम गन्तव्यबाहेक जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक रूपमा यात्रु चढाउने तथा ओराल्ने सुविधा दिनेछ ।नयाँ रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ । रामायण परम्परासँग जोडिएका माता सीताको जन्मभूमि मानिने जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्दा तीर्थयात्री तथा पर्यटकलाई प्रत्यक्ष लाभ पुग्नेछ ।

 

यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै शिक्षा, व्यापार र पारिवारिक भेटघाटका लागि सीमापार यात्रा गर्ने यात्रुलाई समेत सहजता प्रदान गर्नेछ। रेलमार्गले जोड्ने क्षेत्रका होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा आतिथ्य क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहँदै आएको छ । धार्मिक परम्परा र सीमावर्ती समुदायबीचको आवागमन दुई देशको सम्बन्धका महत्त्वपूर्ण आधार हुन् । नयाँ रेल सेवाले यी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशबीचको यातायात सम्पर्क र द्विपक्षीय सहकार्य विस्तारमा योगदान पु¥याउने भारतीय रेल मन्त्रालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्