विविधता बीचको एकता सुदृढ बनाउनु साझा दायित्व हो : सभामुख अर्याल

काठमाडौं,२९ कार्तीक । सभामुख डोलप्रसाद अर्यालले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानको संरक्षण गर्दै विविधताबीचको एकतालाई सुदृढ बनाउनु साझा दायित्व भएको बताँउनु भएको छ ।छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनताका आवाज र आवश्यकतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्न सङ्घीय संसद् प्रतिबद्ध रहेको बताँउनु भयो ।

 

तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा आराधना गर्ने परम्परा रहेको उल्लेख गर्दै उहाँले सूर्यदेव र छठी माताको विधिपूर्वक पूजा गर्नु यस पर्वको मौलिक विशेषता भएको बताँउनु भयो ।सभामुख अर्यालले यस वर्ष भोटेकोशी बाढीलगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको पीडा र कठिनाइलाई समेत आत्मसात् गर्नुपर्ने बताँउनु भयो । उनीहरूको पुनःस्थापना र जनजीवन सामान्य बनाउन राज्यका सबै निकाय तथा समुदायबीच सहयोग, सहकार्य र एकता आवश्यक रहेको उहाँले बताँउनु भयो ।

 

सूर्य, पृथ्वी र जलप्रतिको श्रद्धा तथा भक्तिले मौलिक संस्कृति, परम्परा र रीतिरिवाजलाई जीवन्तता प्रदान गर्ने उहाँले बताँउनु भयो । पारिवारिक सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ मनाइने यस पर्वले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास उहाँले व्यक्त गर्नु भयो ।छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्