कावासोतीमा यात्रुवाहक बस पल्टिँदा ३३ जना घाइते

काठमाडौं ,३० कार्तीक। धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।सोमबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस दुर्घटनामा परेको हो । चालकले बसको नियन्त्रण गुमाउँदा बस सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा ३३ जना यात्रु घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केही बालबालिका तथा वृद्धवृद्धासमेत रहेका छन् ।पण्डितले दिएको जानकारी अनुसार दुर्घटनामा घाइते हुनेमा दार्चुलाका केशव धामी (३२), प्रतीक्षा धामी ९, दयाकृष्ण जोशी ३४, नविना भट्ट १४, रोहित लोथेल २०, बैतडीका धाना चन्द ७८, प्रेमबहादुर चन्द ३९, डम्बरबहादुर माली ३७, राजेन्द्र जोशी ३१, भागरथी जोशी ३०, रेणुका जोशी २, महेश बिसी २१, कैलालीका शिवदत्त राना ३९, महेश पाण्डे ३२, खेमा मल्ल १९, शोभा मल्ल २८, जेनी राना २०, चाँदनी खत्री २२ र जानु चौधरी २० रहनु भएको छ ।

 

त्यस्तै, डडेल्धुराका रोहित लोथेल, डम्बर सिंह साउद ४२, गीता कठायत ४०, रक्षा कठायत २०, पुष्पा भाट २० र पवित्रा रावल २३, कञ्चनपुरका बसन्त बलायर ३० र प्रिया साउद २५, डोटीका अमित साउद १७, अंकित यादव १८, ज्योति बुडाल २४ र धिरज बुडाल १५ तथा धनुषाका भानु यादव १८ र दार्चुलाकी श्रुती जोशी ७ पनि घाइते हुनु भएको छ ।दुर्घटनामा संलग्न बसका चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० का ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसलाई दुर्घटनास्थलबाट हटाएर सडक किनारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्