छठ पूजाको मौकामा झापाका दुई घरबाट १८ लाखको चोरी

झापा, १ मंसिर । छठ पूजाको मौकामा झापाको दुई घरबाट लाखौको धनमाल चोरी भएको छ । हिजो सोमबार बिहान भद्रपुर ५ गौतमबुद्ध टोल बस्ने मनोज गौतमको टिनको छानो भएको एक तले पक्की घरमा कोही नभएको अबस्थामा चोरी भएको हो । घरका सदस्यहरु ताल्चा लगाएर मेची नदीमा छठ पूजा हेर्न गएका थिए । चोरले कोठाको ताल्चा फुटाई दराजभित्र रहेको नगद रु १० लाख ,सुनको सिक्री १ थान १ तोलाको ,कानको बाली एक जोर आधा तोलाको ,नथिया २ थान चार आनाको गरी अन्दाजी १४ लाख बराबरको धनमाल चोरी भएको हो ।

 

पीडितले बिहान ९ः३० बजे वडा प्रहरी कार्यालय भद्रपुरमा घटनाबारे जानकारी गराएका थिए । वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङको कमाण्डमा टोली खटिएर चोरी गर्ने ब्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जनाइएको छ ।त्यस्तै हिजो बिहानको राति बिर्तामोड १० सैनिक बजार बस्ने राकेश साहको घरबाट नगद तथा गरगहना चोरी भएको छ । छठ पूजाबाट फर्किएर घरका सदस्यहरु माथिल्लो तलामा सुतेका थिए । त्यही मौकामा साहको दुईतले घरको भुइँतलामा रहेको पसल र पूजा कोठामा राखिएको नगद ६० हजार , १ तोलाको सुनको सिक्री, १०र१५ तोलाको चाँदीको गरगहना , २ हजारको एनसेलको रिचार्ज कार्ड र १ थान एन्ड्रोइड मोबाइल गरी अन्दाजी ४ लाख बराबरको सामान चोरी भएको हो ।

 

हिजो बिहान ४ : ३० बजे प्रहरी चौकी बिर्ताबजारमा जानकारी गराउना साथ प्रहरी हवल्दार दिपक खड्काको कमाण्डमा प्रहरी टोली खटिएको थियो । चोरी गर्ने मानिसको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्