करदाता प्रोत्साहन उपहार कार्यक्रमका कात्तिक दोस्रो पाक्षिक विजेता सार्वजनिक

काठमाडौं ,१ मंसीर। नेपाल सरकारले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत कात्तिक महिनाको दोस्रो पाक्षिक अवधिका दैनिक पुरस्कार विजेता सार्वजनिक गरेको छ ।आन्तरिक राजस्व विभागले कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्मको अवधिमा विभिन्न व्यवसाय तथा पसलबाट खरिद गरी प्राप्त गरेका कर बीजकका आधारमा उपभोक्तालाई प्रदान गरिने पुरस्कार विजेताको विवरण सार्वजनिक गरेको हो ।

 

कार्यक्रमअन्तर्गत विभिन्न उपभोक्ताले १०० रुपैयाँदेखि १२ हजार ५०० रुपैयाँसम्मका दैनिक पुरस्कार प्राप्त गरेका छन् ।सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी १ लाख रुपैयाँको पुरस्कार न्यू महालक्ष्मी ज्वलर्सबाट जारी भएको कर बीजकका आधारमा विजेताले प्राप्त गरेका छन् । यसैगरी, पुरस्कार जुगल तरकारी तथा फलफूल आपूर्तिकर्ताबाट जारी भएको कर बीजकका आधारमा १२ हजार ५०० रुपैयाँको पुरस्कार प्राप्त गर्ने विजेता रहेका छन् ।त्यस्तै, रोशिका कृषि तथा पशुपन्छी फार्मबाट जारी बीजकका आधारमा २ हजार रुपैयाँ, बी ड्रिम सङ्कलनबाट ३ हजार ५५० रुपैयाँ, सूरज वाइन पसलबाट ३ हजार ४०० रुपैयाँ तथा सोल किराना पसलबाट १ हजार ३४० रुपैयाँ पुरस्कार प्राप्त गर्ने विजेता रहेका छन् ।

 

त्यसैगरी, मेगा मार्ट प्रालिबाट १ हजार १५५ रुपैयाँ, नारायणी हस्पिटालिटी एन्ड फुड प्रालिबाट १ हजार ११० रुपैयाँ तथा अन्य विभिन्न पसल, होटल र रेस्टुरेन्टबाट जारी बीजकका आधारमा उपभोक्ताले पुरस्कार प्राप्त गरेका छन् ।

सरकारले कर बीजक लिने बानीको विकास गर्दै कर प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्