उपचार अभावमा जेलभित्रै इमरान खानको ज्यान जान सक्ने छोराहरूको चेतावनी

काठमाडौं ,१ मंसीर। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उहाँको छोराहरूले जेलभित्रै आफ्नो बुबामाथि शारीरिक तथा मानसिक यातना भइरहेको आरोप लगाउँदै उहाँको स्वास्थ्य अवस्था गम्भीर बनेको बताँउनु भएको छ ।बेलायतको स्काई न्युजसँगको अन्तर्वार्तामा छोराहरू सुलेमान इसा खान र कासिम खानले अदियाला जेलमा रहेका ७४ वर्षीय इमरानको स्वास्थ्य तीव्र रूपमा बिग्रिरहेको भन्दै तत्काल निजी अस्पतालमा स्थानान्तरण गर्न माग गर्नु भएको छ।

 

उहाँहरूका अनुसार इमरानको रक्तचाप अत्यधिक बढेको छ । उचित उपचार र चिकित्सकीय निगरानीको व्यवस्था नगरिए जेलभित्रै उहाँको ज्यान जान सक्ने उहाँहरूले चेतावनी दिनु भएको छ । ‘अहिलेको अवस्था हेर्दा उहाँ अन्ततः यही कोठरीमा मर्ने हुनुन्छ । उचित उपचारबिना उहाँलाई त्यहाँ राखिरहे जेलभित्रै उहाँको हत्या हुनेछ,’ दुवै छोराले अन्तर्वार्तामा भन्नु भएको छ ।उहाँहरूले इमरानलाई दैनिक २२ देखि २३ घण्टासम्म एकान्त कारावासमा राखिएको र जेलका सुरक्षाकर्मीलाई समेत उहाँसँग कुराकानी नगर्न निर्देशन दिइएको आरोप लगाउनु भएको छ । यसले उहाँको शारीरिक अवस्थासँगै मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको उहाँहरूको भनाइ छ ।

 

इमरानका छोराहरूले गत अगस्ट १८ मा पाकिस्तानको सर्वोच्च अदालतले दिएको आदेशसमेत कार्यान्वयन नभएको बताँउनु भएको छ । उक्त आदेशमा इमरानलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि निजी अस्पताल शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न र परिवारसँग नियमित कुराकानी तथा भेटघाटको व्यवस्था मिलाउन भनिएको थियो ।‘अगस्टमा सर्वोच्च अदालतले निजी अस्पतालमा उपचार गराउन र हामीसँग नियमित फोन सम्पर्कको व्यवस्था गर्न आदेश दिएको थियो । तर अहिलेसम्म केही परिवर्तन भएको छैन । उहाँको स्वास्थ्य अवस्था निरन्तर बिग्रिरहेको छ,’ उहाँहरूले भन्नु भयो।इमरान खानले पनि नोभेम्बर १६ मा अदियाला जेलबाट आफ्ना वकिलमार्फत सार्वजनिक गरेको खुला पत्रमा स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गर्नु भएको छ । नोभेम्बर ११ मा तीन घण्टाको कानुनी परामर्शपछि वकिल ब्यारिस्टर सलमान सफदरमार्फत सार्वजनिक गरिएको पत्रमा उहाँले आफ्नो रक्तचाप १९२ देखि १९३ सम्म पुगेको बताँउनु भएको छ ।

 

उहाँका अनुसार चिकित्सकहरूले मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको बताएका छन् । उहाँको मुटुमा समेत क्षति पुगिसकेको पत्रमा उल्लेख छ । त्यस्तै, दाहिने आँखाको ८५ प्रतिशत दृष्टि गुमाएको र लामो समयदेखि एकान्त कारावासमा राखिएको उहाँले बताँउनु भएको छ ।गत अगस्ट १८ को सर्वोच्च अदालतको आदेशअनुसार दुई दिनभित्र उहाँलाई शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गरी मुटुरोग विशेषज्ञ र आँखा विशेषज्ञसहितको चिकित्सकीय टोलीबाट परीक्षण गराउनुपर्ने थियो । तर सरकारी अधिकारीहरूले उहाँलाई केही समय सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) मा लगेर पुनः अदियाला जेल फर्काएको डनले जनाएको छ । पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले सुरक्षाको कारण देखाउँदै निजी अस्पताल स्थानान्तरण नगरिएको बताँउनु भएको छ । पीटीआईले भने उक्त तर्क अस्वीकार गरेको छ ।

 

इमरानले आफ्नी पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाबारे पनि चिन्ता व्यक्त गर्नु भएको छ । सन् २०२५ जनवरी १७ देखि जेलमा रहेकी बुशरा बीबीको सन् २०२६ अप्रिलमा आँखाको जटिल शल्यक्रिया गरिएको र त्यसपछि पनि दृष्टिसम्बन्धी समस्या कायम रहेको उहाँले पत्रमा उल्लेख गर्नु भएको छ ।इमरानका छोराहरूले आफ्ना बुबासँग अन्तिमपटक गत मार्च २२ मा फोनमा कुराकानी गरेको बताँउनु भएको छ। उहाँहरू सन् २०२२ नोभेम्बरयता बुबालाई प्रत्यक्ष भेट्न पाँउनु भएको छैन। सन् २०२२ मा भएको हत्या प्रयासमा घाइते भएपछि उपचारका क्रममा भेटेका उहाँहरूले त्यसयता प्रत्यक्ष भेटघाट गर्न नपाएको बताँउनु भएको छ ।इमरान खान सन् २०२३ अगस्ट ५ मा पक्राउ परेयता निरन्तर जेलमा हुनुन्छ। उहाँका छोराहरूले नियमित फोन सम्पर्क र स्वतन्त्र चिकित्सकबाट उपचारको व्यवस्था गर्न माग गर्दै यसमा ढिलाइ भए गम्भीर परिणाम आउन सक्ने चेतावनी दिनु भएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्