अर्जुनधारा, ५ मंसिर। जंगली हात्तीले अर्जुनधारामा मकैबालीमा क्षति पुर्याएको छ ।गएराति १० : २० बजेतिर अर्जुनधारा ६ सम्बृद्धि टोल बस्ने खेमकुमारी श्रेष्ठले लगाएको ५ कठ्ठाको मकैबारीमा अचानक २ वटा जंगली हाती आई क्षति गरेको हो । घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट प्रहरी बरिष्ठ नायव निरीक्षक हिमाल पोखरेलको कमाण्डमा ४ जनाको टोली खटिएको थियो । ती हातीलाई जंगलतिर धपाइएको छ । हातीले अन्दाजी २० हजार बराबरको मकै खाएर क्षति गरेको प्रहरीले जनाएको छ ।

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने
सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको









