अस्ट्रेलियाली संसद् भवनअगाडि गोबर फालेर जलवायु नीतिको विरोध

क्यानबेरा,५ मंसिर । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गर्दै प्रदर्शनकारीहरूले गाई र घोडाको गोबर फालेका छन् ।जलवायु अभियानमा सक्रिय राइजिङ टाइड समूहले ट्रकमा गोबर ल्याएर बेल्चाको सहायताले संसद् भवनको अगाडिको क्षेत्रमा फैलाउँदै विरोध प्रदर्शन गरेको हो ।समूहले प्रधानमन्त्री एन्थोनी अल्बानिजी नेतृत्वको श्रम पार्टी सरकारले अवलम्बन गरेको जलवायु नीतिको आलोचना गर्दै त्यसलाई ‘बकवास’ भन्दै व्यंग्यात्मक विरोध जनाएको थियो ।

 

टर्कीमा संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन सम्पन्न हुने समयसँगै यो प्रदर्शन गरिएको हो । प्रदर्शनपछि आन्दोलनकारीहरूले आफैँले फैलाएको गोबर सफा गरेका थिए । घटनामा हालसम्म कसैलाई पनि पक्राउ नगरिएको जनाइएको छ ।राइजिङ टाइड समूह अस्ट्रेलियामा जलवायु परिवर्तन नियन्त्रणका लागि सरकारलाई थप प्रभावकारी कदम चाल्न दबाब दिँदै आएको अभियानकर्मी समूह हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्