कमल , ६ मंसिर । झापाको कमल गाउँपालिका १ शुक्रबारे पश्चिममा रहेको किस्ने खोलामा करेन्ट लगाई माछा मार्दा आफैलाई करेन्ट लागेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।शनिबार दिउँसो अन्दाजी ३ः१५ बजे किस्ने खोलामा सोही ठाउँ बस्ने ४० वर्षीय गोपाल राईले करेन्ट लगाई माछा मारिरहनु भएको थियो। त्यसक्रममा अचानक राईलाई नै करेन्ट लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी चौकी तोपगाछीमा घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षक गोकुल आचार्यको कमाण्डमा र इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी नायव निरीक्षक सानुराम कार्कीको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा टोली गएको थियो । मृतकको शव पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको दमक प्रहरीले जनाएको छ ।










