दमक/
‘टिन एज’ अर्थात १३ देखी १९ वर्ष उमेर सम्मका यूवतीहरुको आन्तरिक कला प्रस्फुटन गराउने प्रतियोगिता हुने भएको छ ।
क्लियोपेट्रा इभेन्टद्धारा आयोजीत मिस आर्टिसट्रि प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाबाट सहभागीता जनाउन सकिने दमकमा आयोजीत पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
यो प्रतियोगिताको मुख्य व्यवस्थापकको जिम्मा पाउनु भएका प्रविण पाठकका अनुसार इच्छुकहरुकालागि फारम खुल्ला गराइसकिएको छ । यसको अडिसन भदौ ११ गतेबाट सुरु हुने छ ।
पहिलो अडिसन पूर्वका मुख्य शहरहरुमा एकैदिन हुने छ । भदौ ११ गते झापाको बिर्तामोड, मोरङको बिराटनगर र सुनसरीको इटहरी र धरानमा हुने छ । त्यसपछि अन्तिम अडिसिन झापाको दमकमा भदौ १८ गते हुने छ ।
सबै अडिसनमा गरि कुल १ सय जनाले सहभागीता जनाउने अपेक्षा आयोजकको छ । ती मध्येबाट अडिसन मार्फत २० जनालाई छनौट गरिने छ । ती २० जनालाई २८ दिन इटहरी र दमकमा छुट्टा छुट्टै वर्कसप गराइने छ । बिभिन्न विषयमा ती २० जना सहभागीहरुलाई तिखार्ने प्रयास गराइने छ ।
त्यसपछि प्रि जर्जमेण्ड राउण्डमा सहभागीता गराइने छ । इलामको श्री अन्तुमा हुने प्रि जर्जमेण्टबाट छनौट भएकाहरुबाट कार्तिक ५ गते दमकमा हुने फाईनल प्रतियोगितामा सहभागी गराइने पाठकले जनाउनु भयो । उत्कृष्टहरुलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको पनि पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।
प्रतियोगिताको बिजेताले नगद एक लाख सहित अन्य विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । साथै अन्य विषयगत बिजेताकालागि पनि विभिन्न प्रकार पुरस्कारहरु राखीएको छ ।
तपाईंको जानकारीको लागि, तपाईंले सौन्दर्य प्रतियोगितामा भाग लिएर मात्र नभई https://slotogate.com/th/ मा अनलाइन क्यासिनो खेलहरू खेलेर पनि पुरस्कार जित्न सक्नुहुन्छ। यहाँ तपाईंले सबैभन्दा सुरक्षित अनलाइन क्यासिनोहरू र खेलाडीहरूबाट धेरै क्यासिनो समीक्षाहरू पाउनुहुनेछ। यसबाहेक, त्यहाँ दर्जनौं क्यासिनो टूर्नामेन्टहरू छन् जहाँ तपाईं क्यासिनो खेलहरू खेल्नको लागि $ 1 मिलियन सम्म जित्न सक्नुहुन्छ।
कुल १५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विभिन्न व्यवसायीक फर्म तथा शैक्षिक सस्थाहरुले प्रयोजन गर्ने अपेक्षा गरिएको छ । साथै सहभागीहरुबाट समेत फारम भरेको तथा छनौट अडिसनबाट छनौट भइसकेपछि वर्कसपमा लाग्ने खर्च बराबरको शुल्क लिइने पाठकले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
सौन्दर्य प्रतियोगितालाई बाहिरी आवरणको प्रदर्शन मात्र नबुझ्न अनुरोध गर्दै पाठकले यूवा वर्गको भित्री प्रतिभा र सुन्दर पक्षलाई पनि हेरिन पर्नेमा जोड दिनु भयो । यस प्ररकारका प्रतियोगितामा यौन दुव्र्यवहारका घटना पनि हुने गरेको सन्दर्भलाई प्रष्ट पार्दै पाठक भन्नु हुन्छ‘सहभागीहरुलाई वर्कसपको सबै भन्दा पहिलो कक्षानै यौन दुव्र्यवहार र यसको प्रतिकार कसरी गर्ने भन्ने बारेमा तालिम दिइएने बताउनु भयो ।
साथै यस्ता प्रतियोगिता आयोजनजा गर्ने र फाईनल राउनण्डमा पुगेपछि आयोजक सम्पर्क बिहिन हुने, घोषित पुरस्कार समेत वितरण नभएका घटनालाई भएकोमा सजग भएको उहाँको दावि छ । त्यस्ता घटना हुन नदिन प्रतियोगिताको अडिसन सुरु हुनु पूर्वनै आर्थिक श्रोत सुनिश्चित गरेर मात्रै अघी बढिने पनि उहाँले बताउनु भयो ।
प्रेस मिटको भिडियो हेरौ ।









