कर्मचारीको मागले शैक्षिक कार्यक्रमनै प्रभावित

सामुदायीक विद्यालयमा शैक्षिक अवरोध किन ?(भिडियो सहित)

दमक/
विद्यालय कर्मचारीको मागलाई लीएर अहिले देशभरका सामुदायीक विद्यालयमा पठन पाठन ठप्प पारिएको छ । यसमा शिक्षकहरुले पनि समर्थन जनाएका छन् । लामो समय देखी विद्यालयमा काम गरेका कर्मचारीहरुले आफ्नो तलवमान बृद्धि र दर्वन्दी कायम गर्नुपर्ने माग राखेर अहिले आन्दोलन गरिरहेका छन् ।
यो माग जायज हो भनेर शिक्षकहरुको पेषागत संगठन र शिक्षक महासघंले पनि साथ दिएको नेपाल शिक्षक महासघं दमक नगर कमिटीका अध्यक्ष कृष्ण भण्डारीले बताउनु भयो ।

आधारभूत तहका विद्यालयमा काम गर्ने कार्यालय सहायक कर्मचारीकालागि केन्द्र सरकारले ४ हजार ५ सय रुपैँया अनुदान दिएको छ । लेखामा काम गर्ने कर्मचारीकालागि ७ हजार ५ सय रुपैँया दिएको छ । यस्तै माद्यमिक तहमा काम गर्ने लेखा कर्मचारीकालागि ११ हजार पाँच सय रुपैँया अनुदान पठाउने गरेको छ । केन्द्र सरकारले विद्यालयमा काम गर्ने कर्मचारीलाई उपेक्षा गरेको र अत्यन्तै न्यूनतम तलव सुविधाका साथै दर्वन्दी पनि कायम नगरेपछि कर्मचारीहरुले आन्दोलन गरेको भण्डारीले बताउनु भयो ।

उज्यालो खवरको कार्यालयमा आएर भण्डारीले भन्नु भयो‘यसले विद्यार्थीको पठन पाठानमा अवरोध पक्कै पुगेको छ , हामी यसमा दुखी छौ तर विद्यालयका कर्मचारीको अवस्थालाई पनि त बुझ्न पर्यो नी ।’ विद्यालयले आन्तरिक श्रोत व्यवस्थपन गर्न सक्दा केन्द्र सरकारले पठाएको अनुदान रकममा केहि थप गरिएको बताउँदै उहाँले आन्तरिक श्रोत सुन्य हुने विद्यालयमा काम गर्ने कर्मचारीहको पीडा कस्ले सुन्ने प्रश्न गर्नु भयो ।

प्रस्तुत छ भण्डारीसँग यहि विषयको पेरिफेरिमा रहेर उज्यालो खवरले गरेको भिडियो संवाद

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु