दमक/
विद्यालय कर्मचारीको मागलाई लीएर अहिले देशभरका सामुदायीक विद्यालयमा पठन पाठन ठप्प पारिएको छ । यसमा शिक्षकहरुले पनि समर्थन जनाएका छन् । लामो समय देखी विद्यालयमा काम गरेका कर्मचारीहरुले आफ्नो तलवमान बृद्धि र दर्वन्दी कायम गर्नुपर्ने माग राखेर अहिले आन्दोलन गरिरहेका छन् ।
यो माग जायज हो भनेर शिक्षकहरुको पेषागत संगठन र शिक्षक महासघंले पनि साथ दिएको नेपाल शिक्षक महासघं दमक नगर कमिटीका अध्यक्ष कृष्ण भण्डारीले बताउनु भयो ।
आधारभूत तहका विद्यालयमा काम गर्ने कार्यालय सहायक कर्मचारीकालागि केन्द्र सरकारले ४ हजार ५ सय रुपैँया अनुदान दिएको छ । लेखामा काम गर्ने कर्मचारीकालागि ७ हजार ५ सय रुपैँया दिएको छ । यस्तै माद्यमिक तहमा काम गर्ने लेखा कर्मचारीकालागि ११ हजार पाँच सय रुपैँया अनुदान पठाउने गरेको छ । केन्द्र सरकारले विद्यालयमा काम गर्ने कर्मचारीलाई उपेक्षा गरेको र अत्यन्तै न्यूनतम तलव सुविधाका साथै दर्वन्दी पनि कायम नगरेपछि कर्मचारीहरुले आन्दोलन गरेको भण्डारीले बताउनु भयो ।
उज्यालो खवरको कार्यालयमा आएर भण्डारीले भन्नु भयो‘यसले विद्यार्थीको पठन पाठानमा अवरोध पक्कै पुगेको छ , हामी यसमा दुखी छौ तर विद्यालयका कर्मचारीको अवस्थालाई पनि त बुझ्न पर्यो नी ।’ विद्यालयले आन्तरिक श्रोत व्यवस्थपन गर्न सक्दा केन्द्र सरकारले पठाएको अनुदान रकममा केहि थप गरिएको बताउँदै उहाँले आन्तरिक श्रोत सुन्य हुने विद्यालयमा काम गर्ने कर्मचारीहको पीडा कस्ले सुन्ने प्रश्न गर्नु भयो ।
प्रस्तुत छ भण्डारीसँग यहि विषयको पेरिफेरिमा रहेर उज्यालो खवरले गरेको भिडियो संवाद