दरको महत्व

दर खान नजाने हुने रहेछ हानी, दर किन रातमै खाने ? हेरौ भिडियो सहित

दमक/
दर खाने निम्तो छ है भन्दै पछिल्लो समय तीज सुरु हुनु भन्दा एक महिना अघी देखिनै निम्नो आउँछ । यस्तो निम्तो महिलाहरु आवद्ध भएका सघं सस्था तथा कार्यालयहरुबाट आउने गर्दछ । महिलाहरुपनि अहो दर खाने भनेर खुव खुसी भएर जाने गर्दछन् । तर धार्मीक रुपमा त्यस प्रकारको खाना वा भोजलाई दर भन्न नमिल्ने शास्त्रचार्य गुरु घनश्याम ढकाल बताउनु हुन्छ ।

तीज अर्थात व्रत बस्ने अघिल्लो दिनको रातको अपरान्ह समयमा खाइने परिकारलाई मात्रै दर मान्न सकिने शास्त्रचार्य ढकालको भनाई छ ।
उज्यालो खवरसँग कुराकानी गर्दै उहाँ भन्नु हुन्छ ‘एक महिना अघी देखि खाइने ती पाक्य पदार्थ दर नभएर एक भोज मात्रै हो त्यो दर होईन । त्यसमा दरको कुनै सम्बन्ध छैन ।’

दरका नाममा पछिल्लो सयम मादक पदार्थ सेवन गर्ने, माछा मासु खाने तथा शरिरलाई पचाउन गाह्रो हुने खालका खानेकुरा खाने गरेको प्रति उहा टिप्पणी गर्नु हुन्छ ।

शास्त्रचार्य ढकाल भन्नु हुन्छ ‘दरमा माछा मासु तथा कुनै पनि मादक पदार्थ सेवन गर्नै हुँदैन । त्यसले भोलीपल्टको ब्रतलाई कुनै फल दिदैन । ’शारिरिक रुपमा पनि त्यस्ता खानेकुरा अपच हुने र त्यसले हानी गर्ने भएको हुँदा धार्मिक रुपमा ब्रत बस्नु अघिल्लो दिन त्यस प्रकारका सबै खानेकुरालाई वर्जित गराइएको उहाँले बताउनु भयो ।

दरमा शरिरमा शक्ति प्रदान हुने, सजिलै पचाउन सकिने खानेकुरा मात्रै खान पनि उहाँले सुझाव दिनु भएको छ । यसले गर्दा भोलीपल्ट लिइने निराधार व्रतलाई पनि कनै असर नगर्ने उहाँको भनाई छ ।

तीजको व्रत बस्नु भन्दा अघील्लो दिनको रातको २ बजे देखी ४ बजेको बिचको समय दुई घण्टाको अवधिमा मात्रै खाइने पाक्य सामाग्री दर हुने र यसले भोलीपल्टको दिनभरीको व्रतमा पनि भोक नलगाउने पदार्थ खानुनै दर रहेको उहाँको प्रष्टोक्ति छ ।

दरको धार्मिक र यसको बैज्ञानीक महत्वका बारेमा शास्त्रचार्य ढकालसँग उज्यालो खवरले गरेको कुराकानीको भिडियो हेरौ ।-

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल