पत्रकारलाई प्रोत्साहन

पत्रकार झापालीलाई सुशासन पत्रकारिता पुरस्कार

झापा/
कुशल संगठक एवम् सुशासनयुक्त सेवा प्रवाहका पक्षपाती स्व. प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एकजना पत्रकार र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत भएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था झापाले स्व. तामाङको स्मृति दिवसको अवसर पारेर बुधबार भद्रपुर-१० स्थित संगठनको कार्यालय परिसरमा आयोजित समारोहका बीच पुरस्कार वितरण गरिएको हो ।

यस वर्षको स्व. प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कारबाट झापा कमल-६ निवासी सिद्धहस्त सञ्चारकर्मी, नेपाल पत्रकार महासंघ झापाका पुर्व सह-सचिव, प्रेस चौतारी नेपालको प्रदेश नं १ समितिका महासचिव, आर्थिक पत्रकार समाज झापाका उपाध्यक्ष गोपाल झापालीलाई प्रदान गरियो भने उत्कृष्ट राष्ट्रसेवक पुरस् जिल्ला हुलाक कार्यालयका प्रमुख अदामोदर घिमिरे र आन्तरिक राजश्व कार्यालय भद्रपुरका कार्यालय सहयोगी बोजप्रसाद दुलाललाई प्रदान गरियो ।

संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले स्वागत र सगठनका सचिव मनोज तिम्सिनाले सञ्चालन गरेको समारोहका प्रमुख अतिथि झापा क्षेत्र नं ३ का प्रदेशसभा सदस्य वसन्त बानियाँ, पेशागत महासंघ नेपालका स्थायी कमिटी सदस्य एवम् नेकपा एमाले झापा जिल्ला कमिटिी सदस्य देवराज कार्की, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य एवम् प्रदेश इञ्चार्ज लक्ष्मीप्रसाद गुरागाईंलगायतले पुरस्कृत व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

पत्रकारिता पुरस्कारको राशी ७७७७।- रहेको छ भने उत्कृष्ट राष्ट्रसेवक पुरस्कारको राशी १०,१५१।- रहेको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वानियाँले सेवाग्राही नागरिक र राष्ट्रसेवक कर्मचारीबीच सधैं साक्षात्कार भइरहने हुँदा कर्मचारीले सहज ढंगले छिटोछरितो रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल