दमक/
झापाको दमकमा राष्ट्रिय स्तरको बृहत यूवा महोत्सव हुने भएको छ । दमकमा रहेका बिभिन्न संघ सस्थाहरुको संयूक्त आयोजनामा महोत्वस हुन लागेको हो ।
आईतबार दमक नगरपालिकामा महोत्सव मुल आयोजक समितीले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराएको थीयो ।
महोत्सव फागुन ६ गते देखी १० सम्म गर्ने गरिको तयारी गरिएको मुल आयोजक समिती संयोजक प्रवेश बास्ताकोटीले जानकारी दिनुभयो ।
यूवाहरुको क्षमता अभिबृद्धिका साथै यूवाहरुले गर्न सक्ने काम र भएका कामहरुको समेत यो महोत्सवमा प्रदर्शन गरिने छ ।
राष्ट्रिय स्तरका राजनैतिक दलका यूवा नेता देखी स्वतन्त्रबाट मेयर बनेका काठमाडौ र धरानका मेयर सम्म यो महोत्सवको प्यानलड डिस्कसनमा सहभागी हुने पत्रकार सम्मेलनमा जनाइएको छ । यसबाट यूवाहरुको नजरमा नेपालको राजनिती र यसको सुधारकालागि यूवाहरुको भूमिका के भन्नेबारेमा बहस हुने छ ।
साथै सामाजीक परिवर्तनमा यूवाहरुले गर्न सक्ने भूमिकाका बारेमा सामाजीक अभियान्ताहरु पुष्पा बस्नेत , डा. भगवान कोईराला, सन्दुक रोइत लगायतले आएर यूवाहरुसँग अन्र्तकृया गर्नु हुने छ ।
नेपाली यूवाहरुले खेलकुदको क्षेत्रमा पुर्याउन सक्ने योगदान र यसका सम्भावना र चुनौतीका बारेमा विधागत खेलका बिज्ञहरुसँग खेलप्रेसमि यूवाहरुले छलफल गर्ने पनि पत्रकार सम्मेलनमा बताइएको छ ।
सिप भएका वा सिप सिक्न बाँकी रहेका यूवाहरुकालागि कस्ता कस्ता रोजगार अथवा स्वरोजगारका अवसरहरु हुन सक्छन भन्नेबारेमा रोजगार मेला पनि महोत्सवमा रहने छ ।
यूवाहरुको क्षमता विकास गर्न आवश्यक पर्ने सिपमुलक तालिमहरुलाई बिज्ञहरुबाट तालिम प्रदानका साथै त्यससँग सम्बन्धीत काममा जोड्न पनि महोत्सवले महत्वपूणर् भूमिका निर्वाह गर्ने संयोजक बास्ताकोटीले जानकारी दिनुभयो ।
यूवाहरुले नै आविस्वार गरेका बिभिन्न बिज्ञान सामाग्रीको प्रदर्शनी तथा प्रतियोगिता, फरक क्षमता भएका यूवाहरुको प्रतिभाको प्रदर्शनी पनि महोत्सवमा गरिने छ ।
साथै चेस, कविता, वत्तृmत्वकला, कविता प्रतियोगिता लगायतपनि महोत्सवमा हुने छन ।
विभिन्न खेल तथा मनोरञ्जनत्मक कार्यक्रमका साथै सास्कृतिक साँझ, नाटक प्रर्दशनी, फूड फेस्टिवल एवं स्वास्थ्य शिविर सम्मका कार्यक्रम यो महोत्सवमा समावेश गरिने आयोजकले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
दमकका रहेका लिओ क्लवहरुको मुख्य संयोजन र यहाँ रहेका अन्य सघं सस्था साथ राष्ट्रिय यूवा परिषदको समेत आयोजनामा कार्यक्रम हुने बताइएको छ ।
हरेक संघ सस्थाहरुले विधागत रुपमा आ आफ्ना प्रर्दशनी तथा कार्यक्रमहरुको संयोजन गर्ने गरि कार्यतालिका बनाइदै गरिएको मुल आयोजक समितीका महासचिव तारा प्रसाद गुरागाईँले जानकारी दिनुभयो ।
करिव ८५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको यो महोत्वमा १ लाख भन्दा बढी यूवाहरुले अवलोकन गर्ने आँकलन गरिएको छ ।
महोत्वसको मुख्य स्थल दमक ७ स्थित पशुहाटलाई तोकिएपनि साहित्यीक प्रतियोगीताका कार्यक्रम भने इलाम, मोरङ र झापाकै अन्य स्थानमा समेत गर्ने गरिको तयारी भएको बताइएको छ ।
आयोजकले गरेको पत्रकार सम्मेलनको भिडियो यहाँ राखीएको छ ।