कोटिहोमको महिमा

फेरिएको कोटिहोमः एल पि सावाको पहलमा यसरी आकर्षक बन्यो (भिडियोमा हेर्नुहोस)

सुरुङ्गा
झापाको एक प्रमुख तिर्थ स्थलको रुपमा चिनएको ठाउँको नाम हो कोटिहोम । यो कन्काई माई नदिको किनारमा पूर्व तर्फ फैलिएको छ ।
कन्काई नगरपालिकामा पर्ने यो धाम जसरी स्थापना भयो अहिले त्यसलाई जोगाउँदै र प्रर्वधन गर्दै व्यवस्थित बनाउने काम गरिएको छ ।

२०४२ सालमा योगि नरणीनाथले निरन्तर होम गरेको र त्यो होम गर्ने होमाधीमा अहिले पनि आगो बलीरहेको छ । त्यसबैबेला देखिको आगो अहिले सम्म निरन्तर बलेको यस कोटिहोम व्यवस्थापन समितीले जनाएको छ ।
‘समय -समयमा यहाँ आवश्यक पर्ने दाउराहरुचाहि लगाइरहनु पर्छ र यहाँको होमादी स्थलमा आगो कहिलै निभ्दैन । ’महासचिव डिल्लीराम बाह्रकोटिले उज्यालो खवरसँगको कुराकानीमा बताउनु भयो ।
यहि होमादीको महत्व प्रत्यक्ष हेर्न देशभरबाट र बिदेशबाट पनि भक्तजनहरु आउने गरेको बाह्रकोटिले बताउनु भयो ।

यसरी टाढाबाट आएका भक्तजनहरुलाई यहाँ व्यवस्थापन गर्न हेर्दा आकर्षक बनाउँन यस अघी केहि संरचना थीएनन । भक्तजनहरु आउने होमादी स्थल हेर्ने र फर्किहाल्ने क्रम थियो ।

टाढाबाट आएका भक्तजनहरुलाई केहि बेर यहाँ अड्याउने र यसको महत्व बुझाउन पर्याप्त मात्रामा सकिएको थिएन । जसले गर्दा कोटिहोमको महत्वका बारेमा जती प्रर्वधन हुनुपर्ने थियो त्यो मात्रामा भएको थिएन ।

तर अहिले यहाँ विभिन्न आवश्यकताहरु पुर्ति हुने क्रम जारी छ । सुन्दर बगैचा बनीरहेका छन । बैगचाका बिचमा फलैँचा बनाइएको छ । सितलताकालागि फलैचाभएका ठाउँमा धुपी तथा अन्य सितलता दिने बोट-बिरुवा रोपएका छन् । यहाँ प्रवेश गर्ने स्थानमा टाली लगाएर बिच्याएर आकर्षक बनाइएको छ । बिभिन्न देवि देउवताको छुट्टा छुट्टै मन्दिर बनाइएको छ । पानीको फोहोरा आइरहने संरचना बनाइएको छ । अग्लो घडा बनाइएको छ । लगायत संरचनाले अहिले कोटिहोम थप आकर्षित बनेको छ ।

यी संरचना बन्नुमा यहाँका समितीका पदाधिकारीको सकृतानै महत्वपूणर् हो । तर समितीमात्रै सकृय भएर मात्रै पनि नहुने समितीका सपनालाई मुर्त रुप दिन यस क्षेत्रका जनप्रतिनिधीहरुको चासोमा पनि पर्नु पर्छ ।

पहिलाका जनप्रतिनिधीहरुले चुनावका बेला चर्चा गर्ने र चुनाव पछि वेवास्था गर्ने गरिएको थियो । तर पछिल्लो समयमा भने यस क्षेत्रकाट निर्वाचित जनप्रतिनिधीहरुले यस क्षेत्रको विकास र समृद्धिकालागि चासोसँगै चिन्तापनि व्यक्त गर्न थालेको देखिन्छ ।

यो झापाको क्षेत्र नं ४ मा पर्छ । यो क्षेत्रका प्रतिनिधिसभा सदस्य एलपि सावाले यो क्षेत्रको विकासकालागि भनेर एकमुष्ट ५० लाख रुपैँया बिनयोजन गरिदिनु भएपछि यहाँ विभिन्न संरचना बन्न सकेका हुन ।‘अव कोटिहोमको मुख्य मन्दिर जिणर् भयो भनेर गुनासो आएको छ त्यसलाई पूःन निर्माण गरेर कोटिहोमको इतिहास संरक्षण गर्न चाहन्छु ।’ सांसद सावाले उज्यालो खवर मार्फत प्रतिवद्धता जनाउनु भएको छ ।

 

कोटिहोमको वर्तमान अवस्थाको बारेमा उज्यालो खवरले तयार पारेको भिडियो यहाँ प्रस्तुत गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल