"बाबरीको चर्चा"

‘बाबरी’ले नयाँ पुस्ताको मन छुने छ : रमेश बुढाथोकी (भिडियोमा हेर्नुहोस)

दमक/
अहिले देशभरका सिनेमा घरहरुमा नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शन भइरहेको छ । बडा दशैलाई ‘तार्गेट’ बनाएर शुक्रबार देखी प्रर्दशनमा आएको यो चलचित्रले सुरुवाती दिनमा दर्शकको मन जीतेको देख्न सकिन्छ ।

दमक स्थित डि म्याक्स हलमा प्रदर्शन भइरहेको यो चलचित्रले प्रत्येक ‘सो’ मा ‘हाउस फूल’ दर्शक पाइरहेको छ ।

‘पारिवारिक, साथीभाई, यूवा पुस्ता, जेष्ठ नागरिक सबै -सघैँ बसेर हेर्न मिल्ने गरिको यो चलचित्रले विषेश गरि ‘टिन एज’ र यूथ सर्कल’को मन जीत्न सक्छ । ’ डि म्याक्स हलमा चलचित्र ‘बाबरी’हेरेर निस्कने क्रममा कलाकार तथा निर्देशक रमेश बुढाथोकीले प्रतिकृया दिनु भयो ।

दमकका यूवा रङ्गकर्मी सिजन दाहालद्धारा लिखित यो चलचित्रमा अभिनेता धिरज मगर, अदिती बुढाथोकी, धिरज नदकार, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोईराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ, दिचेन्ला वाङ्बोले अभिनय गरेका छन् ।

अभिनेत्री बुढाथोकीका मातापिता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गर्नु भएको हो । चलचित्रमा संगीत कालीप्रसाद बास्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको छ । निर्देशन र सम्पादनको जिम्मेवारी सुरेन्द्र पौडेलले पुरा गर्नु भएको हो ।

रमेश बुढाथोकीले दिएको प्रतिकृयालाई भिडियोको रुपमा यहाँ राखीएको छ।

https://www.facebook.com/TheUjyaalokhabar/videos/800370717746802

 

Share: