बाबरीको चर्चा

‘बाबरी’ले नयाँ पुस्ताको मन छुने छ : रमेश बुढाथोकी (भिडियोमा हेर्नुहोस)

दमक/
अहिले देशभरका सिनेमा घरहरुमा नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शन भइरहेको छ । बडा दशैलाई ‘तार्गेट’ बनाएर शुक्रबार देखी प्रर्दशनमा आएको यो चलचित्रले सुरुवाती दिनमा दर्शकको मन जीतेको देख्न सकिन्छ ।

दमक स्थित डि म्याक्स हलमा प्रदर्शन भइरहेको यो चलचित्रले प्रत्येक ‘सो’ मा ‘हाउस फूल’ दर्शक पाइरहेको छ ।

‘पारिवारिक, साथीभाई, यूवा पुस्ता, जेष्ठ नागरिक सबै -सघैँ बसेर हेर्न मिल्ने गरिको यो चलचित्रले विषेश गरि ‘टिन एज’ र यूथ सर्कल’को मन जीत्न सक्छ । ’ डि म्याक्स हलमा चलचित्र ‘बाबरी’हेरेर निस्कने क्रममा कलाकार तथा निर्देशक रमेश बुढाथोकीले प्रतिकृया दिनु भयो ।

दमकका यूवा रङ्गकर्मी सिजन दाहालद्धारा लिखित यो चलचित्रमा अभिनेता धिरज मगर, अदिती बुढाथोकी, धिरज नदकार, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोईराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ, दिचेन्ला वाङ्बोले अभिनय गरेका छन् ।

अभिनेत्री बुढाथोकीका मातापिता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गर्नु भएको हो । चलचित्रमा संगीत कालीप्रसाद बास्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको छ । निर्देशन र सम्पादनको जिम्मेवारी सुरेन्द्र पौडेलले पुरा गर्नु भएको हो ।

रमेश बुढाथोकीले दिएको प्रतिकृयालाई भिडियोको रुपमा यहाँ राखीएको छ।

https://www.facebook.com/TheUjyaalokhabar/videos/800370717746802

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल