चुनावी भाषण

‘चिनमा ह्वाङवो जस्तै झापा २ मा बिरिङले दुख दिएको छ अव यसलाई नियन्त्रण गरेर आम्दानीको श्रोतमा परिणत गरिने छ ’ :देवराज घिमिरे

दमक/
झापाको क्षेत्र नं २ को सबै भन्दा बढी चुनौती हो बिरिङ नदि । पछिल्लो समय यसको अत्याधिक दोहन भएका कारण बाढी र डुवानको जोखिम बढि छ । यसै कारण बर्खा याममा यस क्षेत्रका नागरिक त्राहिमाम जीवन जिउँन बाध्य छन् । तर अव यो क्षेत्रको प्रमुख समस्याको रुपमा देखिएको बिरिङ नदिलाई नियन्त्रण गर्दै आम्दानीको श्रोतको रुपमा परिणत गर्ने योजना अघी सारीएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा झापा क्षेत्र नं २ बाट प्रतिनिधीसभाको उम्मेदवार रहनु भएका देवराज घिमिरेले बिरिङ नदिको नियन्त्रण र यसको सदुपयोग सम्बन्धीको नयाँ अवधारणा अघी सानु भएको छ ।

सोमबार घैलाडुब्बा बजारमा सम्पन्न भएको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले भन्नु भयो ‘चिनमा ह्वाङवो नदि प्रमुख समस्यामा छ । त्यसै गरि यो क्षेत्र अर्थात झापा २ मा बिरिङ नदि प्रमुख चुनौती बनेको छ । चिनले ह्वाङवो नदिलाई जसरी नियन्त्रण गरेर राखेको छ त्यसैगरिनै अव बिरिङलाई पनि नियन्त्रण गरिने छ । ’ घिमिरेले आफ्नो मन्तव्यका क्रममा बताउनु भयो ।‘यसरी बिरिङ नदि नियन्त्रण भएपछि यसलाई आम्दानीको श्रोतको रुपमा विकास गर्न सकिने छ । यहाँ बगेर आउँने ठुला ढुङ्गा तथा बालुवालाई मापदण्डको आधारमा उत्खनन् गरिने र तटिय क्षेत्र वरिपरि ग्रीन बेल्ट बाँधेर पर्या -पर्यटनको रुपमा विकास गर्ने गरि काम गरिने छ । ’

घिमिरेले यसकालागि आफु निर्वाचित भएपछि नदि नियन्त्रणसँग सम्बन्धीत काम गर्ने सस्था जनताको तटबन्ध कार्यालय मार्फतको बिरिङ नदिको सर्वे गराउने र यसको आवश्यकता र जोखिमका आधारमा नदि नियन्त्रणको काम सुरुवात हुने बताउनु भयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल