दमक/
समाज विकसित हुन जनता शिक्षित हुन आवश्यक छ । समय सुहाउँदो प्राविधिक तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता हो भन्ने कुरालाई यहाँका बासिन्दा र जनप्रतिनिधिले स्पष्ट बुझेका छन् भन्ने प्रष्ट देख्न सकिन्छ । उदाहरणका लागि, यस क्षेत्रका विभिन्न सामुदायिक विद्यालयहरुलाई देशकै नमुना विद्यालयका रुपमा घोषणा गरि निर्माणको क्रममा छन् ।
यहाँको झापा गाउाापालिकामा रहको डिल्लीराज मावि, कन्काई नगरपालिकाको कन्काई मावि र शिवसताक्षी नगरपालिकाको जन आदर्श माविलाई नमुना विद्यालयको रुपमा विकास गराइरहिएको छ ।यी विद्यालहरु नमुना बनेसँगै यहााको भौतिक तथा शैक्षिक सुधारमा परिवर्तन आएको छ । फराकिला कक्षा कोठा तयार पारिएका छन् ।स्थानियको आवश्यकतालाई मद्यनजर गरेर प्राविधिक शिक्षा पढाइरहिएको छ । अव सिप सहितको शिक्षा प्रदान गर्न यी विद्यालयहरु सक्षम बनेका छन ।
यस्तै यहाँ रहेका अन्य सामुदायीक विद्यालयहरुलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पारेर माननीय एल पि सावाकै पहलमा ती विद्यालयहरुको शैक्षिक तथा भौतिक सुधार गर्ने काम निरन्तर चलिरहेको छ ।
तर विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने समस्याले भने पिरोल्दै आएको छ । र यो समस्यालाई माननिय सावाले संसदमा आवाज उठाएर यस क्षेत्रका विद्यार्थीहरुको पठन पाठनमा अवरोध हुनु हुँदैन भनेर सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।
भिडियोमा हेरौ
https://www.facebook.com/TheUjyaalokhabar/videos/878487313310518









