दमक/
झापाको कमल गाउँपालिका स्थित तोपगाछीमा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्धेस्य सहकारी सस्थाले अव विद्यालय र टोलमा सहकारी क्लव निर्माण गर्ने भएको छ ।
सस्थाको २२ औ साधरणसभाको प्रतिवेदन सार्वजनिक गदैै सहकारीले विद्यार्थी र गृहणी लक्षित क्लव स्थापना गर्ने प्रस्ताव अघी सारेको छ ।
यस आर्थिक वर्षमा सेयर सदस्य सदस्य परिवारभित्र रहेर विद्यार्थी र गृहणीहरुलाई समुहमा एकिकृत बनाएर वित्तिय साक्षरता , नेतृत्व विकास, सवल र सक्षम नागरिक बनाउने उद्धेस्यले क्वव निर्माणको योजना ल्याइएको सस्थाका अध्यक्ष प्रेम सापकोटाले जानकारी दिनुभयो ।
संस्कारयूक्त समाज रुपान्तरणको अधार स्तम्भनै विद्यार्थी क्लव भन्ने नारा तय गरेर पूर्व नेपाल विद्यार्थी क्लव स्थापना गरिने जनाइएको छ । यो क्लव सामुदायीक विद्यालय र निजी विद्यालय दुवै प्रकारका विद्यालयमा गठन गरिने छ ।
साथै उर्जावान समय गृह स्याहार, बालबच्चाको लालनपालनमा मात्रै सिमित रहेका महिलाहरुलाई पूर्व नेपाल गृहणी क्लवमा आवद्ध बनाई लघु उद्यमको तालिम दिएर उद्यमी बनाउने लक्ष्यले अर्को क्लव गठन गर्ने योजना रहेको अध्यक्ष सापकोटाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।









