दमक/
झापाको प्रमुख धार्मिक स्थल सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिको पदाधिकारी बिचमा भएको निर्वाचन सप्पन्न भएको छ ।
निर्वाचन पछि भएको मतगणनाले तुला बोखिमलाई निर्वाचित गरेको परिणाम सार्वजनिक भएको छ ।
राती ९.३० मा सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार बोखिमले ३ सय ३० मत ल्याएर आफुलाई अध्यक्षमा निर्वाचित गराउनु भयो ।
उहा सहित अध्यक्ष पदमा तिनजना प्रतिस्पर्धामा उत्रनु भएको थियो । अन्य प्रतिस्पर्धी प्रसाद सुब्बाले २१८ र रुद्रमणी भट्टराईले ९८ मत ल्याउनु भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै उपाध्यक्ष पदमा चारजनाको प्रतिस्पर्धा रहेको थियो । चाजना मध्ये उदय प्रकाश राईले ३ सय ६ मत ल्याएर बिजयी हुनु भयो भने अन्य प्रतिस्पर्धीहरु कृष्ण प्रसाद खरेल, पर्वत थुलुङ र पर्शुराम खतिवडाले क्रमशः २३४,७६ र ३२ मत प्राप्त गर्नु भयो ।
यस्तै सचिव पदमा ३ सय ५३ मतका साथ कालिप्रसाद रिजाल निर्वाचित हुनु भएको छ । सचिव पदमा अन्य दुई प्रतिस्पर्धी कृष्ण कुमार श्रेष्ठ र नारायण प्रसाद अधिकारीले क्रमशः १८९ र ११२ मत प्राप्त गर्नु भयो ।
सहसचिवमा झमक बहादुर गौतमले २ सय ७८ मत ल्याएर बिजयी हुदा उहाका अन्य दुई प्रतिस्पर्धी गणेश श्रेष्ठ र नेत्र प्रसाद तिम्सिनाले २ सय र १६६ मत प्राप्त गर्नु भयो ।









