दमक/
दमक नगरपालिकाले ‘दमक नगर आधारभूत तथा माद्यमिक शिक्षा ऐन २०७६’ जारी गरेको छ । यसै अन्तर्गतको ‘दमक नगर शिक्षा नियमावली’ पनि प्रकाशन गरिसकेको छ ।
नेपालको संविधानद्धारा प्रद्धत शिक्षा सम्बन्धी मौलीक हकहरुलाई व्यवहारमा कार्यान्वायन गरि आधारभूत र माद्यमिक शिक्षामा सबैको सहज, समतामुलक पहुँच कायम गर्न भन्दै दमक नगरपालिकाले शिक्षा ऐन बनाएको हो । शिक्षालाई लोकतान्त्रीक मुल्य र मान्यतामा आधारित गुणस्तरीय, जीवन उपयोगी एवम् प्रतिस्पर्धी बनाउँदै बालबालिकाहरुको चौतर्फि विकास गर्न बाञ्छनीय भएकोले स्थानिय सरका ऐन २०७४ को दफा १०२ को उपदफा १ बमोजिम दमक नगरसभाले शिक्षा ऐन बनाएको जनाएको छ ।
यस्तै यही शिक्षा ऐनको दफा ८३ ले दिएको अधिकारलाई प्रयोग गर्दै नगरपालिकाले दमक शिक्षा नियमावली पनि प्रकाशन गरेको छ ।
नियमावलीको नियम ५४ मा प्रधानाध्यापक सम्बन्धी व्यवस्था गर्ने सम्बन्धमा ब्याख्या गरिएको छ । ५४ को ३ नम्बर ३ मा निमित्त प्रधानाध्यापकको रुपमा रहेका प्रधानाध्यापकहरु अर्को व्यवस्था नभएसम्म निमित्त नै रहिरहने छन् भनेर उल्लेख गरेको छ । र यहि नियमको ४ नम्बरमा लेखिएको छ नयाँ प्रधानाध्यापक नियूक्तिको सम्बन्धमा । यसमा भनिएको छ । ‘सामुदायीक विद्याललयमा नयाँ प्रधानाध्यापक नियूक्ति गर्दा सोहि विद्यालयमा पदाधिकार रहि उप नियम २ बमोबिजम ( उप नियम २ मा प्रचलीत कानुन बमोजिम सम्बन्धीत तहको शिक्षक जुन तहको विद्यालयमा प्रधानाध्यापमक नियक्ति गर्ने हुने सोहि तहमा कम्तिमा पाँच वर्ष स्थाई शिक्षक भइ शिक्षण अनुभव भएका शिक्षकहरु मध्येबाट ऐन तथा यस नियमावली बमोजिम छनौट भएका व्यक्तिलाई पाँचवर्षकालागि विद्यालय व्यवस्थापन समितीले सामुदायीक विद्यालयको प्रधानाध्यापकमा नियूक्त गर्न सक्ने भनेर प्रष्ट उल्लेख गरेको छ । ) योग्यता पुगेका शिक्षकहरुबाट विद्यालय व्यवस्थापन समितीले शिक्षा समितीको अनुमिती लिइ नौ वटा मापदण्ड पुरा गरि छनौट गर्न पाउने भनेर उल्लेख गरेको छ ।
तर दमक ९ स्थित सरस्वती माद्यमिक विद्यालयमा भने नगरको आफ्नै शिक्षा नियमावली हुँदा हुँदै केन्द्रको नियमावली अनुसार प्रधानाध्यापक शिक्षक नियुक्त गर्न भन्दै नगर प्रमुख राम कुमार थापाले विद्यालयलाई पत्रचार गर्नु भएको छ ।
उहाँले विद्यालयको व्यवस्थापन समितीलाई गरेको पत्रमा भनिएको छ ‘ शिक्षा नियमावली(संसोधन सहित) २०५९ को नियम ९३ को उप नियम १२ बमोजिम निमित्त प्रधानाध्यापक नियूक्त गर्नु ।’
यस नियममा भनिएको छ ‘ सामुदायिक विद्यालयमा प्रधानाध्यापक अनुपस्थित भएमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका लागि सो विद्यालयमा कार्यरत शिक्षकहरूमध्ये वरिष्ठतम स्थायी शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्नेछ ।’
तर सरस्वती माविमा अहिले निमित्त प्रधानाध्यापकको रुपमा नर बहादुर थापा कार्यरत हुनुहुन्छ । उल्लेखीत नियमावलीमै पद रिक्त भएमा वा पद पुर्ति नभएको भन्ने कुरा उल्लेख भएपनि नगर प्रमुखले पत्र लेख्दै नयाँ निमित्त प्र.अ नियूक्ती गर्नु भनेर विद्यालयमा पत्रचार गरिएपछि यसले शिक्षा क्षेत्रमा सरोकार राख्नेहरुको ध्यानाकर्षण गराएको छ ।
यस अघी यो विद्यालयमा गणेश पौडेल प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँले यहाँबाट राजिनामा दिएपछि त्यसबेलाका सहायक प्रधानाध्यापकको हैसियतले पौडेलले नर बहादसर थापालाई निमित्त प्र. अको जिम्मेवारी तोक्नु भएको थियो । यसलाई तत्कालीन समिन रिजालको अध्यक्षता रहेको विद्यालय व्यवस्थापन समितीले थापालाई नै निमित्त प्र. अमा रहेर काम गर्न भन्दै निणर्य गरेको थियो । तर यो विद्यालयमा पौडेल प्र अ हुनुभन्दा अघी सिताराम ढकाल निमित्त प्र. अ हुनुहुन्थ्यो ।
अर्थात त्यस समयमा पौडेल दमक नगरको श्रोत व्यक्ति बनेर नगरपालिकामा हाजीर गरि काम गरिरहनु भएको थियो । तर नेपाल सरकारले श्रोत व्यक्ति पद खारेजी गरेपछि उहाँ सरस्वती माविमा गएर प्र.अ. को रुपमा हाजिरी गर्न थाल्नु भयो । पौडेल विद्यालय जान थालेपछि त्यसबेला ढकाले निमित्त प्र अ छोडेर पौडेललाई प्र अ बनाउने निणर्य व्यवस्थापन समितीमा गराउनु भयो । त्यसपछि पौडेल विधिवत रुपमा विद्यालयको प्र अ बन्नु भयो । त्यसपछि विद्यालयका शिक्षकहरुको बैठक र भेलाले विद्यालयको सहायक प्र अ छनौट गर्यो । सर्वसम्मत रुपमा सहायक प्र. अ को रुपमा शिक्षक नर बहादुर थापालाई बनाइयो । सो भेलामा ढकाल पनि उपस्थिती हुनु भएको थियो र त्यहाँ भएको निणर्यमा उहाँले पनि हस्ताक्षर गरेको विद्यालयमा कार्यरत शिक्षकहरुले जनाएका छन् ।
त्यसबेला प्र अ बन्नु भएका पौडेल लामो समय काम गर्नु भएन । एक हप्ता मात्रै विद्यालयमा हाजीर भएर तीन महिना सम्म बिरामी बिदा बस्नु भयो । त्यहि बिदा लिएको समयमा उहाँले शिक्षा विकास समन्वय इकाइ झापामा राजिनामा बुझाएर स्विकृत गराउनु भयो र विद्यालयनै नफर्कि बिदा हुनु भयो ।
उहाँले राजिनामा दिएको जानकारी शिक्षा विकास समन्वय इकाइ विद्यालयमा पत्र मार्फत जानकारी पठायो । त्यसपछि यो विद्यालयमा बरिष्ठताको आधारमा आफु निमित्त प्र. अ हुनुपर्ने भन्दै सिताराम ढकालले दावी गर्नु भयो । उहाँका अनुसार उाहँले विद्यालय व्यवस्थापन समिती, नगरपालिकाको शिक्षा समिती, शिक्षा शाखामा पनि पत्र मार्फतनै माग दावि गर्नु भयो । तर यहाँबाट सुनुवाई भएन । सुनुवाई नभएपछि ढकालले इलाम स्थित उच्च अदालत पुग्नु भयो । अदालतले उहाँको मुद्धा खारेज गरेको थियो ।
अवकाश लिनु अघी पौडेल आफु अघी निमित्त प्र.अको जिम्मेवारी सम्हाली रहनु भएका ढकाललाई पूःन निमित्त प्र.अ को जिम्मेवारी नदिएर त्यस बेला सहायक प्र. अ को जिम्मेवारी सम्हाली रहनु भएका थापालाई प्र. अ को जिम्मेवारी दिनुभएको थियो ।त्यसबेला पौडेलले नगरको शिक्षा नियमावलीको नियम ५४ को उप नियम १५ बमोजिम थापालाई निमित्त प्र.अ को रुपमा तोको देखिन्छ । त्यो उप नियममा लेखीएको छ ‘ विद्यालयको प्रधानाध्यापक विदामा बसेमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका सहायक लागि सो विद्यालयमा सहायक प्रधानाध्यापकको व्यवस्था गरिएको भए सहायक प्रधानाध्यापकले र सहायक प्रधानाध्यापकको व्यवस्था नभएको भए जुन तहको विद्यालय हो सोही तहका शिक्षकहरुमध्ये प्रधानाध्यापकले अख्तियारी दिएको शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्नेछ तर प्रधानाध्यापकले कसैलाई अख्तियारी नदिएको अवस्थामा विद्यालय व्यवस्थापन समितिले यसै नियमावली बमोजिमको व्यवस्था गर्नु पर्नेछ र १५ दिन भित्र नियम ४ बमोजिम प्रधानाध्यापक छनोटको प्रक्रिया सुरु गर्नुपर्ने छ ।’
तर तत्कालीन विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रिजालले भने ढकालले आफुले निमित्त प्र अ को जिम्मेवारी पाउँ भन्दै इलाम स्थित उच्च अदालतमा मुद्धा हाल्नु भयो । त्यसरी मुद्धा हालेपछि आफुले प्र अ छनौट प्रकृया अघी बढाउन नपाएको रिजालले उज्यालो खवरसँको कुराकानीमा प्रष्ट पार्नु भयो ।
अहिले अधिकांस विद्यालयमा निमित्त प्रधानाध्यापले नै प्रधानाध्यापकको काम गरिरहेका छन् । निमित्त प्रधानाध्यापक पनि नभएको खण्डमा नयाँ प्रधानाध्यापक छनौट गर्ने वा निमित्त तोक्ने अधिकार सम्बन्धीत विद्यालय व्यवस्थापन समितीकै हो । तरसरस्वती माविमा भने व्यवस्थापन समितीलाई नगर प्रमुख थापाले नयाँ निमित्त प्र.अ नियूक्ति गर्नु भनेर उर्दी सहितको पत्र पठाउनु भएको छ । ‘विद्यालयमा नगर प्रमुखको पत्र आएको छ । सो पत्रका आधारमा हामी एक हप्ता भित्रमा नयाँ निणर्य गछौ ।’ सरस्वती माविको व्यवस्थापन समितीका अध्यक्ष गगन पुरीले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
यता विद्यालयमा कार्यरत २४ जना शिक्षकहरुले भने नगरपालिकाको उर्दीका आधारमा नियूक्ति हुने नयाँ प्र अ लाई स्विकार नगर्ने ध्यानाकर्षण पत्र नगरसमक्ष बुझाएका छन् ।
२४ जना शिक्षकहरुले सामुहिक हस्ताक्षर भएको सो ध्यानाकर्षण पत्रमा भनिएको छ ‘उल्लेखीत शिक्षा नियमावली २०५९ को नियम ९३ को उप नियम १२ ले प्रधानाध्यापकको पद रिक्त भएको खण्डमा भन्ने वाक्याशं उल्लेख भएको छ तर यस विद्यालयमा २०७६ कार्तिक १७ गते देखि दमक नगरपालिकाको शिक्षा ऐन २०७४ (संशोधन २०७७) दमक शिक्षा नियमावली २०७६ अनुसार निमित्त प्रअ नर बहादुर थापा कार्यरत हुनुहुन्छ । र निज थापानै वैद्यानिक निमित्त प्रअ हुनुभएको कुरा उच्च अदालत इलामको २०७७ मंसिर १७ गतेको फैसालाले समेत प्रमाणीत गरिसकेको छ । ’
यता शिक्षक महासघं दमक नगर अध्यक्ष कृष्ण प्रसाद भण्डारीले स्थानिय सरकारमा कुन एने वा नियमावली कार्यान्वायन गर्ने भन्नेमा दुविधा देखिएको बताउनु हुन्छ । ‘केहि समय अघी हामीलाई नगरपाकिलाको शिक्षा एने र नियमावलीका आधारमा विद्यालय व्यवस्थापन समिती गठन गर्नु भनेर आदेश पठाउनु भयो अहिले आफ्नै एनेमा समेत प्रधानाध्यापक नियूक्ति गर्ने प्रावधान हुँदा हुदै केन्द्रको शिक्षा नियमावलीका आधारमा नयाँ प्र अ नियूक्ति गर्नु भनेर सरस्वती माविमा पत्रचार गरिएको छ । ’
यसरी आफ्नै एने र नियमावली हुँदा हुँदै त्यहाँ सबै प्रवधानहरु समेत समावेश भएकाले त्यसैलाई कार्यान्वायन गर्नुको सट्टा केन्द्रको नियमावली लागु गर्न खोज्नु नगरपालिकाको ढुलमुले चरित्र रहेको भण्डारीले बताउनु भयो ।
यदी केन्द्रकै शिक्षा एने र नियमावली कार्यान्वायन गर्ने हो भने नगरको शिक्षा एने र नियमावली खारेज गरिनुपर्ने अध्यक्ष भण्डारीको तर्क छ ।









