अध्यक्षविरूद्ध मुद्दा दायर

भ्रष्टाचारको आरोपमा वनका तत्कालीन अध्यक्षविरूद्ध मुद्दा दायर

 

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा इलामको सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरूद्ध मुद्दा दायर गरेको छ।
माई नगरपालिका-९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरूद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

थेबेले समूहका अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकेदारसँग मिलेर समूहका गोलिया काठ दिन्छु भनी रकम लिएको आरोप अख्तियारले लगाएको छ।

त्यस्तै, २०७२ सालको हावाहुरीले ढलापडा गोलिया बिक्रीबाट प्राप्त रकम कोषाध्यक्षको चेकमा किर्ते सही गरी रकम निकाली हिनामिना गरेको भन्ने उजुरी पनि अख्तियारमा परेको थियो।

अनुसन्धान गर्दा थेबेले समूहको निणर्य किताब तथा चेकबुक लगायतका कागजातहरू आफूले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा जम्मा भएको रकम कोषाध्यक्षको दस्तखतसमेत किर्ते गरी रकम निकाली खर्च गरेको खुलेको प्रवक्ता रिसालले जानकारी दिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३०० भन्दा बढी गाडी बगायो, ५ कर्मचारी बेपत्ता

काठमाडौँ , १० भदौ । रसुवामा बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामाग्री पनि बगाएको छ । अर्थमन्त्रालयका अनुसार अझै ५ जना कर्मचारी सम्पर्कविहीन

आगो बालेर धुवाँमार्फत सिग्नल दिन गृहमन्त्रीको आग्रह

काठमान्डौ,१० भदौ । भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ । गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय

१९ पुल र ४० किमी सडक क्षतिग्रस्त, यातायात ठप्प

काठमाडौँ,१० भदौ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ। सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र

बाटो–पुलभन्दा उद्धार प्रविधि र उपकरणमा लगानी गरौँ : हर्क राज राई

काठमाडौँ , १० भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले विपद् व्यवस्थापनका लागि सरकारले परम्परागत शैलीभन्दा फरक र प्रो–एक्टिभ योजना बनाउनुपर्ने बताउनु भएको

दुई महिनाको तलब विपद् कोषमा जम्मा गर्न समीक्षा बास्कोटाको आग्रह

काठमान्डौ,१० भदौ । रास्वपाकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार र विपद् व्यवस्थापनमा परिचालन गर्न सरकारलाई आग्रह गर्नु भएको छ । बुधबारको

रसुवा बाढी : उद्धार तथा राहत कार्य तीव्र

काठमाडौँ , १० भदौ । रसुवा बाढीमा परेका नागरिकको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट उद्धार सामग्रीसहित टोलीहरू परिचालन