कुकुरको टोकाइबाट गम्भीर घाइते

कुकुरको टोकाइबाट धनकुटामा एक दर्जन बढी मानिस बिरामी

 

धनकुटा । कुकुरको टोकाइबाट धनकुटामा एक दर्जन बढी मानिस बिरामी परेका छन् । उनीहरूलाई रेविज लाग्नसक्ने आशङ्का चिकित्सकहरूले गरेका छन् ।
बजार तथा गाउँमा बौलाहा छाडा कुकुरले आतङ्क मच्चाउँदा गाउँमा सबै नागरिकहरू त्रसित भएका छन् । कुकरले टोकेर घाइते हुनेमा धनकुटा नगरपालिका वडा नं. ५, ६ र ७ का स्थानीयहरू रहेका छन् ।

घाइतेमध्ये धनकुटा नगरपालिकाको चुलीवन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बालमन्दिर घर भएका १२ जना धनकुटा अस्पतालको सम्पर्कमा आएको धनकुटा अस्पतालका सूचना अधिकारी राजन पोख्रेलले जानकारी दिए ।

कुकुरको टोकाइबाट गम्भीर घाइते ६ वर्षीय बालक र ९० वर्षीया महिलालाई थप उपचारका लागि धरान पठाइएको उनले बताए । बाँकी १० जना घाइते धनकुटा अस्पतालमा उपचारपछि घर फर्केको पोख्रेलको भनाइ छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णराज पन्तले १२ जना व्यक्तिहरूलाई कुकुरले टोकेको जानकारी पाएको बताए । उनले कुकुर नियन्त्रण गर्न प्रशासनले प्रहरी परिचालन गरेको जानकारी दिए ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । कुकुरले पशुचौपायालाई पनि टोकेको स्थानीयले बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब

बिहीबारदेखि लामो र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं,७ असोज । बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीले सर्वसाधारणलाई आग्रह गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं ,७ असोज। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ

कैलाली कांग्रेस सभापति भट्टको जिम्मेवारी खोसियो, बडुवाल बने कार्यवाहक

कैलाली ,७ असोज । नेपाली कांग्रेसले कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। १५औँ महाधिवेशनअन्तर्गत जिल्ला मातहतका

फोहोर अब ‘फोहोर’ मात्र होइन, स्रोतका रूपमा उपयोग गर्ने कानुन ल्याउँदै सरकार

काठमान्डौं,७ असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ । विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरको वैज्ञानिक व्यवस्थापन, पुनःप्रशोधन

बालमैत्री नगर घोषणाको पूर्वसन्ध्यामा खुल्यो बाल उद्यान, बालबालिकाका लागि के–के छन्

दमक, ७ असोज । दमक नगरपालिका वडा नम्बर २ स्थित पाथीभरा कोलोनीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ। बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेका बेला बालबालिकाका