सडक विकासको आधार

नगरको ग्रामिण वडा दमक ३ मा कति भयो भौतिक प्रगति ?

दमक, १५ साउन / दमक नगरपालिका वडा नं ३ भौगोलिक रुपमा पूणर् ग्रामिण वडा हो । यहाँका अधिकांश बासिन्दाको मुख्य पेशा कृषि हो । उनीहरु आफ्नो उत्पादनलाई दमकको बजारसम्म ल्याएर बेच्ने र केही पैसा आर्जन गरेर घरव्यवहारको गर्जो टार्दै आफ्नो गुजारा चलाउँदै आएका छन् ।

तर कृषि उपजलाई बजारसम्म ल्याउन अनि व्यापारीहरु पनि कृषि उपजलाई खरिद गर्न जान सहज सडक यातायातको आवश्यकता पर्दछ । यसले किसानको उत्पादन लागतमा केही कमी ल्याउन सक्छ र आम्दानीमा बृद्धि गराउन सकिन्छ । अनि विरामी पर्दा अस्पतालसम्म पुग्न तथा अध्ययन अध्यापन सहित रोजगारीका लागि जान आउन सडक व्यवस्थापन ज्यादै महत्वपूणर् ठहर्छ ।दमक नगरपालिका वडा नं ३ मा अघिल्लो आर्थिक वर्षसम्ममा कहाँ कहाँ कति काम भएका छन् ? केहि प्रतिनिधिमूलक योजनाहरुको तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

१) मावा तटबन्ध ः
मावा नदीको पूर्व तर्फ बाँध निर्माण गर्ने काम धमाधम भइरहेको छ । वडा सरकारको पहलमा नेपाल सरकारको बजेट मार्फत यहाँ जनताको तटबन्धनले बाँध निर्माण गर्ने काम गरेको हो । यहाँ करिब १० किलोमिटर आवश्यक पर्ने मध्येमा ५ किलोमिटर बाँध बाध्ने काम सकिएको र बाँकी क्षेत्रमा क्रमागत रुपमा अघि बढ्ने जनाइएको छ । यसले यो क्षेत्रका नागरिकको जिउ धन जोगिनुका साथै डुबानबाट हुने अन्य समस्याको निरुपण भइरहेको आफूहरुले अनुभूति गरेको स्थानीय सन्त तामाङले बताउनु भयो ।

२) दूधे खोलामा दुईवटा कल्भर्ट
१८ लाख ९३ हजार रुपैयाँको लागतमा ढुङ्गे कल्भर्ट निर्माण कार्य सम्पन्न भएको छ । यसमा स्थानीयबासी आफैले ३ लाख ९३ हजार बराबरको श्रमदान गरे । बाँकी बजेट दमक नगरपालिकाले वडाका लागि विनियोजन गरिदियो । अनि बन्यो यो खोलाको दुई ठाउँमा कल्भर्ट । यहाँ खास गरी बर्खा याममा ठूलो भेल आउँछ । यहाँ आएको भेलका कारण वारी र पारीको सम्पर्क नै टुटाइदिन्छ । विद्यार्थीहरु विद्यालय जान रोकिन्छन् । कोही बिरामी भएभनें समययमा उपचार पाउन गाह्रो । तर अव भने स्थानीयको सक्रियतापछि कल्र्भ बन्दा त्यो समस्या हटेको छ । बालबालिकाको पढाई रोकिने समस्या नहुने बताउँदै पुष्पा राईले खुसी व्यक्त गर्नुभयो ।

३) बेतना शीरको सडक
दमक ३ स्थित बेतना खोलाको शीरमा सडक निर्माण सम्पन्न हुँदा दुई गाउँको दुरी घटाएको छ । आवागमन सहज बनाउनुका साथै उत्पादनलाई मुख्य सडकमा ल्याएर सहरसम्म पुर्याउन किसानलाई सहज भएको छ । कुनै बेला विरामी पर्दा विद्यालय समेत जान अप्ठ्यारो हुने यी ठाउँमा अहिले दुवै तर्फ ड्रेन सहित सडक निर्माण गरिँदा सहज भएको स्थानीय होमनाथ प्याकुरेल र मनु श्रेष्ठले भावना राख्नुभयो ।

४) चुलाचुली ढुङ्गे सडक
दमकको गौरवको योजनामा परेको दमक ३ स्थित चुलाचुली ढुङ्गे सडक खण्ड निर्माण करिव अन्तिम अवस्थामा पुगेको छ । लामो समयको प्रतिक्षा र निर्माण सम्पन्न गराउन गरिएको स्थानीय पहलले सार्थकता पाउँदै यो सडकमा यो बर्खामा हिलो रहित यात्रा गर्न पाइने बनेको छ । छुट्टै साइकल लेन सहित निर्माण गरिएको यो सडकले झापाको दमक नगर, इलामको चुलाचुली र माङसेबुङ गाउँपालिकालाई जोड्ने छ । तीन जील्लाका नागरिकको यात्रालाई सहज बनाउने यो सडकले किसानका उत्पादनलाई सहजै बजार पुर्याउन मद्धत गर्नुका साथै कृषिमा व्यवसायीकरण बढ्ने विश्वास गरिएको मानबहादुर कुरुङवाङले उल्लेख गरे ।

५) स्वास्थ्य चौकी पूर्वको होलीमा कल्भर्ट निर्माण
स्वास्थ्य चौकी बन्यो । तर यहाँ रहेको होलीमा बाह्रैमास आउने पानीका कारण आवामगनमा समस्या बनेको थियो । यहाँ आवागमन् सहजताका लागि आरसीसी कल्भर्ट निर्माण सम्पन्न भएको छ । ३३ लाख ९० हजार रुपैँयाको लगानीमा ६ महिनाको अवधिमै निर्माण सम्पन्न भएको छ । कल्भर्ट निर्माण भएपछि स्थानीयका लागि यही सडक र कल्भर्ट पार गर्दै स्वास्थ्य चौकी पुग्न र मधुमल्ला जान समेत छोटो दूरी बनेको बताउनु भयो स्थानी पहलमान विश्वकर्माले ।

६) चुलाचुली मधुमल्ला सडक
दमक ३ स्थित चुलाचुली माद्यमिक विद्यालयको उत्तर तर्फबाट पश्चिम जाने सडक धमाधम बनिरहेको छ । २०२८ साल अघिकै पुरानो यो सडकलाई अहिले मधुमल्लासम्म जोड्नेगरिको काम भइरहेको छ । कुनै बेला मधुमल्ला जानुपर्दा छोटो बाटोको रुपमा प्रयोग गरिने यो सडक अहिले स्थानीयवासीको सक्रियता र वडाको नेतृत्वमा सडक बनिरहेको हो । दमकबाट मधुमल्ला जाने पुरानो बाटोले बल्ल पूणर्ता पाएकोमा स्थानीय पनि दङ्गको राजु बुढाथोकीको बुझाई छ ।

७) दापगाँछीको कावेली टोलको सडक
दमक ३ स्थित दापगाछी । यहाँ बनेको दमक बिजनेश टावर अर्थात भ्यू टावरका कारण चर्चित छ । यही दागगाँछीको कावेली टोलबाट भ्यू टावरसम्म जाने बाटो निर्माण भइरहेको छ । यो सडक निर्माण सम्पन्न भएपछि दापगाछीको कावेली टोल हुदै भ्यू टावर जानेहरुकालागि छोटो बाटो बन्ने छ । यसबाट बजार निस्कने सडकसँग समेत लिंक गराइएको हुनाले यसबाट स्थानीयलाई सहज हुने विश्वास गरिएको छ ।
साथै यही सडकको पश्चिम तर्फ मावा खोला जाने तर्फपनि सडक निर्माण भइरहेकोछ । यो पटक ग्राभेल हालेर बर्खामा आवात जावत गर्न सहज बनाइएको बताउँदै सूर्य मिश्र भन्नुहुन्छ ‘हाम्रो गाउँमा अब त निकै सजिलो बन्दै गएको छ ।’

८) जमदार टोलको भ्यू टावर जाने सडक
दमक ३ स्थित जमदार टोल । यो धिमालहरुको बसोबास भएको क्षेत्र हो । यहाँका बासिन्दालाई बजारसम्म निस्किने मुख्य सडक भेट्न नयाँ बाटोको खाँचो छ । त्यही खाँचोलाई पूर्ति गर्न वडाकै बजेटमा यहाँ बाटो निर्माण भएको छ । साथै यो बाटोलाई टोलको उत्तर तर्फ भ्यू टावर समेत रहेकोले त्यहाँसम्म जोड्ने काम पनि भएको छ । भ्यू टावरको पश्चिम तर्फ पुग्न सकिने गरी बाटोको विकास गरिएपछि स्थानीयवासी पनि विकासको उज्यालो मुहार देखेर खुसी छन् । त्यो खुसी सरु धिमालले समेत व्यक्त गरिन् ।

९) लक्ष्मीनारायण मन्दिर छेउको सडक
दमक ३ मा रहेको लक्ष्मीनारायण मन्दिर पूर्वमा रहेको बस्तिमा जान बाटो निकै सकसपूणर् थियो । खास गरी बर्खाको बेलामा आवातजावत नै गर्न अप्ठ्यारो हुने गरिको यो सडक अहिले वडाको बजेटबाट ग्राभेलिङको काम भएको छ । यो सडकमै जोडिएको ताराबारी डिपु चोेक सडक जोडिएकाले यहाँका किसानले उत्पादन गरेको कृषिजन्य सामग्री बजारसम्म पुर्याउन समेत सहज हुने देखिएको स्थानीय रविरत्न प्याकुरेलको भनाई छ ।

यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । यी बाहेक पनि यो वडामा अन्य धेरै ठाउँमा नागरिकको आवश्यकताका आधारमा सडक बनिरहेका छन् । पुल र कल्भर्ट बन्ने काम भइरहेको छ । यहाँ ठूलाखाले योजना जुन संघंीय सरकारबाट सञ्चालनमा छन् । तिनको भने कमै चर्चा गरिएको छ । यहाँ चर्चा गरिएका अधिकांश योजना वडा र नगरकै बजेटबाट सम्पन्न भएका हुन् ।
प्रगति हुँदै गएपनि विकासले भने पूणर्ता पाएको छैन । कतिपय ठाउँमा अझै सडकको ट्रयाक नै खोल्न बाँकी छ । चालु आर्थिक वर्षमा पनि वडाको ६० प्रतिशत बजेट यहाँ पूर्वाधार निर्माणकालागि काम गर्न छुट्याइएको छ । ग्रामिणबस्तीलाई सहजता प्रदान गर्ने हिसावले प्रभावकारी रुपमा बजेट कार्यान्वयन गरी गुणस्तरीय काम हुँदै जाओस् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ