डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी नगरा बजासिहत पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्यसमेत गरेका छन् ।

परियारले ‘पुच्छर सम्मेलन’ मार्फत विभिन्न सामाजिक तथा धार्मिक कुरीति हटाउन आग्रह गरेका छन् । सम्मेलनमा दशैंलगायत चाडपर्वमा हुने जातीय विभेद अन्त्य गर्नुपर्ने, दशैंमा शक्तिपीठहरूमा नगरा लगाउने दमाई समुदायका व्यक्तिहरूलाई अपमान नगरी सम्मान गर्नुपर्ने र सबै जातिका हिन्दूहरूलाई मठमन्दिरमा प्रवेश सुनिश्चित गर्नुपर्ने विषय उठाइएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानमै जातीय विभेद गर्नेलाई हदैसम्मको कारबाहीको व्यवस्था भए पनि त्यसको पूर्ण कार्यान्वयन नहुँदा छुवाछुत तथा विभेद पुनः मौलाउन थालेको दाबी गरे ।

दलित अभियान्ता तथा नेता दलमर्दन कामीले देश धर्म निरपेक्ष हुँदा पनि धर्मीक कर्मकाण्ड र संस्कारमा भएका विकृतिले दलित समुदाय थप पीडित भएको बताए ।

सो कार्यक्रममा अभियान्ता कमला हेम्चुरीले भाग माग्ने तथा पुच्छर दिने परम्परा अन्त्य गर्नुपर्ने र धर्म तथा संस्कारमा सुधार गरी जातीय विभेद हटाउनुपर्नेमा जोड दिइन् ।

अभियान्ता मंगल सिंह प्रजाले संस्कृतिक तथा जातीय विभेदले हिन्दु धर्म बदनाम भएको तथा धर्मान्तरण बढेको जिकिर गरे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ