जनतासँग जनप्रतिनिधि

व्यवस्थित भौतिक विकासमा ९ नम्बर वडावासीको जोड

दमक, २ भदौ / दमक ९ नम्बर वडाका बासिन्दाले वडामा युवा वडाध्यक्ष भएका कारण विकासमा केही प्रगति भएको उल्लेख गर्दै भौतिक विकासलाई अझ व्यवस्थित बनाउनु पर्नेमा जोड दिएका छन् ।

 

उज्यालो खबरले सञ्चालन गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममा वडावासीले त्यसखाले सवाल अघि बढाएका हुन् ।
वडाको सुशासन र जनप्रतिनिधिमा जवाफदेहिता बढाउन मद्यत गर्ने उद्धेश्यले वडावासीले उडाएका सवाल, प्रश्न तथा सुझावलाई छायांकन गरी वडाध्यक्षसम्म पुर्याएर जवाफ प्रदान गर्ने सो कार्यक्रम अन्तर्गत ९ नम्बर वडाध्यक्ष कुवेरप्रसाद भट्टराईसँग कुराकानी गरिएको छ । यस क्रममा उहाँले वडाको बजेटको सीमामा रहेर वडावासीको सुझावमा आधारित भइ वडाको समग्र विकासलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गरी व्यवस्थित गर्दै लाने कुरामा आफु कटिबद्ध रहेको जवाफ दिनुभयो ।

 

अन्नपूणर् टोलकी अनुता तामाङले आफ्नो टोलमा पानी पर्दा बाटोमा हिलो हुने गरेको, रामप्रसाद भण्डारीले सडक वत्तीमा समस्या भइ दक्षिणी क्षेत्र हेंलामा परेको गुनासो राख्नुभयो ।

 

डा. नेत्र भण्डारीले जनप्रतिनिधिको इच्छा अनुसार मात्र काम हुने परिपाटी रहेको टिप्पणी गर्दै वडावासीको आकांक्षा बढी मात्रामा बुझ्न सुझाव दिनुभयो । ऋषिराज आचार्यले चियावगानको बस्तीमा अझै पनि खानेपानीको अभाव भइरहेको कुरा उठाउनु भयो ।

 

बनेका सडकको सौन्दर्यकरण नभएको जनाउँदै सौन्दर्यकरणमा ध्यान दिन हरि सुवेदीको सुझाव छ । नगेन्द्र घोर्साइले वडाका दुई वटा सडकमा हालसम्म काम हुननसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

 

युवराज कोइरालाले नयाँ र सिर्जनशील काम खासै हुन नसेकेको उल्लेख गर्दै सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्न ठाउँ ठाउँमा सञ्चालित शिविरका बारेमा सम्बन्धित सबैले थाहा नपाएको गुनासो राख्नुभयो । शान्तिराम भट्टराईले साविक दमक १४ मा योजना बढी पारेर साविक १५ लाई उपेक्षा गरिएको बुझाई राख्नुभयो । नगरस्तरीय योजनाको वडामा अभाव रहेको पनि बताउनु भयो ।

 

बाबुराम श्रेष्ठले टोल विकास संस्थासँग वडाले समन्वय गर्नुपर्ने सुझाव राख्नु भयो । वडामा टोल विकास संस्थाको भूमिका देखिने गरी काम गर्न र संस्थाको सशक्तिकरणमा ध्यान दिनुपर्ने कुरा राख्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,