भुटानी शरणार्थी लक्षीत बजार

बेलडाँगीमा बजार लगाउने योजना पुरानै, थालनी भएको ५ वर्षपछि सार्थकता

दमक, भदौ १९/
दमक ३ स्थित बेलडाँगी बजार । यहाँ खासगरी भुटानी शरणार्थीहरुको बसोबास छ । सन् १९९२ साल देखी भुटानबाट लखेटिएर आएकाहरुले शरण लीएर बसेका हुन । यो क्रममा अहिले यहाँ बसोबास गर्ने मध्ये ९५ प्रतिशत शरणार्थीहरु तेस्रो देश पूःनर्वासकालागी गइसकेका छन् । बाँकी रहेकाहरु कोहि नेपालमै बस्छु , कोहि जीवनको अन्तिम अवस्था सम्म भुटाननै फर्कन्छु भनेर बसेका हुन । केहि भने विभिन्न कागजी प्रकृया नपुगेका कारण तेस्रो मुलुक जानबाट बञ्चीत भएर बसेका हुन ।

 

यहाँ बसेहरुलाई दातृ सस्थाहरुले अहिले सिप सिकाएर उद्यममा लगाइरहेको छ । आय आर्जनसग जोड्ने बिभिन्न कार्यक्रमहरु गरीरहेको छ । कसैलाई हस्तकला बनाउने तालीम दिएर रोजगारको अवसर दिएको छ भने कसैलाई अन्य उत्पादनमुलक काम सिकाएर व्यवसायीक बनाउन उत्प्रेरणा गरिएको छ ।

 

यून एच सि आर अन्तर्गत लुथरन र एल डब्लु एफको सहयोगमा यस खाले कार्यक्रम शिविरमा निकै चले । तालीमपछि उत्पादन गर्न सक्ने पनि भए । तर उत्पादीत सामाग्री कहाँ लगेर कसरी बेच्नु ? भन्ने कुरामा दुविधा थियो । त्यही दुविधाको अन्त्यकालागी बेलडाँगी बजार दक्षिणमा एउटा बजार स्थापना गर्ने र यहाँ शिविरमा उत्पादन भएका सामाग्री साथै स्थानीयहरुले उत्पादन गर्ने कृषिजनय तथा अन्य उत्पादनको किनबेच गर्ने गरीको काम थालनी भयो । सन् २०१९ बाटै यहाँ बजार बनाउने कामको थालनी भएको थियो । तर विभिन्न प्रकृया पुरा गर्दै गर्दा भर्खरै मात्र यसको सुभारम्भ भएको छ ।

 

मंगलबार एक बृहत कार्यक्रमको आयोजना गरी उद्धघाटन गरीएको बेलडाँगी बजारले शिविरका शरणार्थीहरुलाई आज आर्जनमा जोडीदै व्यापार गर्न सहज हुने विस्वास एल डब्लु एफका कार्यक्रम निर्देशक गोपाल दाहालले गर्नु भएको छ ।

 

शिविरमा उत्पादन भएका सामाग्री अन्यत्रको बजारमा लगेर बेच्न केहि कठीन थियो । बजारीकरण गर्न पनि दुविधा । तर अहिले यहाँ एल डब्लु एफले बनाइदिएको पक्की संरचना छ । जहाँ आफ्ना उत्पादीत सामाग्रीलाई फिजाएर राख्दै बेच्न सहज भएको अनुभव यहाँ व्यापार गरीरहेका शरणार्थीहरुले प्रतिकृया दिएका छन् ।
भुटानी शरणार्थीहरुले व्यवसाय सुरु गरेपनि उनीहरु सरकारी दर्ताको प्रकृयामा भने आइसकेका छैनन । उनीहरुलाई प्रमुख जिल्ला अधिकारीसग समन्वय गरी व्यवसाय सञ्चालन गर्न पान नम्बरमा दर्ता हुने र वडाको स्किृतीमा मात्रै व्यवसाय सञ्चालन गर्ने गरीको व्यवस्था मिलाएर व्यवस्थापन गर्ने तयारी भइरहेको वडा नं ३ का वडाध्यक्ष नबिन बरालले बताउनु भयो ।

 

दमकको उत्तरी क्षेत्रमा बजार उद्धघाटन भएपछि यसले स्थानीय स्तरको व्यापार बढाउने छ । अहिले सिथील रहेको बजारी कारोबारमा केहि न केहि भएपनि चलायमान बनाउन यो बजारले समेत महत्वपूणर् भूमिका खेल्ने विस्वास दमक उद्योग वाणिज्य सघंका अध्यक्ष गोपाल गुरागाईको छ ।

 

यहाँ दमक नगरपालिका र एल डब्लु एफको संयूक्त लगानीमा बजारकालागी आवश्यक पर्ने टहराहरु निर्माण गरीएको छ । अहिले न्यूनतम भाडामा लगाइएका यी टहराको आम्दानीबाटै यो जमिनको भाडा तिर्ने र बजार व्यवस्थापनमा खर्च गर्ने नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिनुभयो ।

 

दमक भौतीक रुपमा मात्रै नभएर अन्य काममा पनि विकसीत भइरहेको भन्दै दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले भन्नु भयो ‘यस अघी हामीले दमकको दक्षीण तर्फ वडा नं १० स्थित सेतुमारीमा पनि बजार स्थापना गरेका थियौ । आज उत्तर तर्फ बेलडाँगीमा सुरु गरिएको छ । दमकको मद्य भागमा पुरानै बजार छदै छ । अव केहि दिनमै दमक ८ मा अर्गानिक कृषि बजार समेत उद्धघाटन हुने छ । यसले यहाँका स्थानीय उत्पादनको बजारीकरणमा मद्यत पुग्ने छ ।

 

यहाँ बिभिन्न व्यक्तिहरुको जमिन भाडामा लीएर बजार स्थापना गरीएको हो । नगरपालिकाले दिएको जानकारी अनुसार १५ वर्ष सम्मको सम्झौता ती जगिनधनीसग रहेको छ । जमिनधनीलाई बजारबाट आएको आम्दानीको ३५ प्रतिशत आम्दानी भाडा स्वरुप दिने र बाँकी ६५ प्रतिशत आम्दानीले बजारको व्यवस्थपन गर्ने सहमती भएको छ ।

 

यहाँ बजार बनाउन दमक नगरपालिकाले १ करोड २४ लाख रुपैँया, एल डब्लु एफ नेपाल यू एन ह्याविट्याटको तर्फबाट ८९ लाख र यून एच एच सि आरबाट १८ लाख गरी कुल २ करोड ३१ लख रुपैँयाको लगानी रहेको छ । यहाँ तरकारी तथा फलफूल बेच्नकालागी २० वटा स्टल, भुटानी शरणार्थीको आफ्नो व्यवसाय गर्नकालागी ३० स्टल र माछामासुको बिक्रिकालागी १२ वटा स्टल निर्माण गरीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ