दमकमा अनेम संघको स्वरोजगार बनाउने ‘उद्यममा महिला’ अभियान

दमक, १६ असोज /
दमक ७ की विष्णुमाया दाहालले अर्गानिक धुप बाट्ने सीप सिक्नु भयो । यत्तिकै घरमा बस्नु भएकी दाहालले धुप बनाउन सिकेपछि अव घरै बसेर पनि आम्दानी गर्न सकिने रहेछ भन्ने विश्वास लागेको छ ।

 

यस्तै, रेनुका ढकाल पनि बिहान बेलुकाको घरको काम सकेर दिउँसो फुर्सद नै बस्नु हुन्थ्यो । तर अहिले उहाँले पनि अर्गानिक धुप बनाउने सीप सिक्नु भयो । र, यही सीपबाट घरै बसी बसी दुई चार पैसा कमाइन्छ र आफ्नो खर्च उठाइन्छ भन्ने लागेको छ ।
महिलाहरुलाई आत्मनिर्भर बनाउनु पर्छ भनेर राज्यका बिभिन्न तह र निकायले कार्यक्रम गरिनै रहेका हुन्छन् । तर यो कार्यक्रम राज्यको कुनै निकायबाट वा राज्यबाट लिइएको अनुदानबाट पनि गरिएको होइन ।

 

तिज कार्यक्रम भड्किलो नबनाऔं भन्दै त्यो बेला तिजलाई सीपमा रुपान्तरण गर्न अखिल नेपाल महिला संघ दमक ७ ले संघका अगुवाहरुबाट यथासक्य रकम संकलन गरी वडामा महिलाका लागि अर्गानिक धुप बनाउने तालिमको चाँजो मिलायो ।
महिलाहरुका लागि रोजगार वा स्वरोजगारमा लाग्न प्रोत्साहनको कार्यक्रम गर्ने भन्ने सोचलाई पूणर्ता दिन यो कार्यक्रम आयोजना गरिएको अनेम संघ वडा नम्बर ७ की अध्यक्ष इश्वरा खनाल अधिकारीले औचित्य दर्शाउनु भयो ।

 

बुधबार आयोजना गरिएको समापन कार्यक्रमको प्रमुख अतिथि अनेम संघ कोशी प्रदेश सचिवालय सदस्य दुर्गा खनाल काफ्लेले यसखाले कार्यक्रमबाट अब महिलाहरु आर्थिक रुपान्तरणमा पनि जोडिने अभियानमा लागेको प्रतिक्रिया दिनुभयो । महिला जवसम्म आर्थिक रुपमा सक्षम बन्दिनन् तवसम्म यहाँ समृद्धि सम्भव छैन भन्ने बुझाउन पनि यो कार्यक्रम एक महत्वपूणर् उदाहरण बन्ने उहाँको भनाई छ ।
तीन दिनसम्म चलेको धुप बनाउने तालिममा खेमकुमारी संग्रौला ओलीले सहजीकरण गर्नु भएको थियो ।

 

 

समापन कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष राम पौडेलसहित नगर तथा वडागत नेताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ