दमकमा हत्या भएका व्यक्तिको पहिचान अझै खुल्न सकेन, अनुसन्धानका लागि तीन जनालाई पक्राउ

दमक, २५ असोज । झापाको दमकमा हत्या भएका व्यक्तिको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

हिजो दमक –७ स्थित पशुहाटमा पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र नामथर वतन नखुलेका अन्दाजी ५० बर्षका पुरुषको शव फेला परेको थियो। उनको दाहिनेपट्टीको गालामा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले मृत्यु शंकास्पद देखिएको बताउँदै मृतकको पहिचान खुलिनसकेको जानकारी दिनु भयो ।कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमको लागि उर्लावारी मोरङ पठाइएको प्रहरीले जनाएको छ ।

 

यसैबीच सो घटनामा संलग्न भएको आशंकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । गएराति अनुसन्धानका लागि तीनजनालाई पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताँउनु भयो । उनीहरुलाई नियन्त्रमामा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको बताइएको छ ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

मोरङ,२० वैशाख । स्रोत नखुलेको रु २६ लाख ९८ हजार सहित एक भारतीय नागरिक सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   शनिबार

लागू औषध र जबरजस्ती करणीका मुद्दाको न्यायिक पद्धतिमा सुधारको पर्खाई

लागू औषध र जबरजस्ती करणी जस्ता मुद्दाहरूमा न्याय सम्पादन गर्दा राज्य केवल ‘सजायमुखी’ मात्र हुनु हुँदैन। फरेन्सिक जाँच जस्ता प्राविधिक पक्षलाई सुदृढ बनाई समयमै प्रतिवेदन आउने वातावरण बनाउनु पर्छ ताकि मुद्दाको चाङ कम होस् र वास्तविक पीडितले छिटो न्याय पाओस्।

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न