जेष्ठ नागरिकको आँखा परिक्षण , यस्तो देखियो समस्या

दमक, २१ मंसिर । असहाय मानव सेवा समाजको आयोजनामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर आइतबार दमक–६ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरले समुदायका साना नानीदेखि वृद्धवृद्धासम्मको आँखामा आशाको उज्यालो भरेको छ।

कार्यक्रममा असहाय मानव सेवा समाजकी अध्यक्ष लोकमाया ढुङ्गानाको अध्यक्षता रहेको थियो भने दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले प्रमुख आतिथ्यता ग्रहण गर्नुभयो। शिविरमा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो। बिहानैदेखि सेवा लिनेको लामो भीड लागेको थियो। डाक्टरहरू निरन्तर आँखाको परीक्षण र उपचारमा व्यस्त देखिन्थे। आफ्नो घर नजिकै निःशुल्क उपचार पाउँदा सेवाग्राहीहरूको अनुहारमा छुट्टै खुसी झल्किन्थ्यो।

सेवा लिन आउनु भएका सागर खनाल भन्नुहुन्छ— “पहिला त टाढा गएर पैसा तिरेर आँखाको जाँच गर्नुपथ्र्यो। आज आफ्नै ठाउँमा निःशुल्क सेवा पाइयो। धेरै खुसी लागेको छ।”

दमक–१ की पुष्पा चुवानको आँखामा मोतिविन्दुको समस्या देखिन थालिसकेको रहेछ। आज शिविरमा निःशुल्क परीक्षण र औषधि पाएपछि उहाँको अनुहारमा आशाको चमक थियो। “डाक्टरले रोग थाहा पाईदिनुभयो, औषधि पनि निःशुल्क पाइयो। धेरै सन्तुष्ट छु।”

मेची आँखा अस्पतालका डाक्टर ओमप्रसाद ढितालका अनुसार शिविरमा आउने अधिकांश बिरामीको आँखाको समस्या यहीँ उपचार गरिएको छ। “दिर्घकालीन जटिल समस्या बाहेक प्रायः सबै आँखाका रोगको यहीँ उपचार गरिरहेका छौँ।”

दमक–६ मा सिधै समुदायसम्म पुगेर सेवा दिइनु प्रशंसनीय काम भएको भन्दै वडाध्यक्ष टेकबहादुर थापाले असहाय मानव सेवा समाजको प्रशंसा गर्नुभयो। “सानो नानीदेखि वृद्धसम्मले निःशुल्क आँखा सेवा पाएको देख्दा निकै खुसी लागेको छ। संस्थाको थप प्रगतिको कामना गर्दछु।”

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको सन्दर्भ जोड्दै सरदा भट्टराई भन्नुहुन्छ— डिजिटल युगमा महिलाहरू डिजिटल हिंसाको बढी शिकार भइरहेका छन्। यस्तो अभियानले सचेतना फैलाउने मात्र होइन, पहुँचबाहिरका समुदायलाई पनि हातेमालो गर्दै अघि बढ्न सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

असहाय मानव सेवा समाजकी अध्यक्ष लोकमाया ढुङ्गाना संस्थाको उद्देश्य स्पष्ट पार्दै भन्नुहुन्छ— “संस्था स्थापना भएदेखि कोही नभएकाको सहारा बन्ने प्रयास गर्दै आएका छौँ। यही उद्देश्यअनुसार आज निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो।”

असहाय मानव सेवा समाजको निःस्वार्थ सेवाबाट आँखाको समस्या भोगिरहेका धेरै बिरामीले निःशुल्क उपचार पाए। शिविरभरि सेवाग्राहीका खुसी अनुहारहरूले कार्यक्रमको सफलता स्पष्ट झल्किन्थ्यो। यदि यस्ता सेवामूलक संस्थाहरू देशभर फैलिन सके, कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित हुने थिएनन्। असहायले सहारा पाउने थिए, र समाजले उज्यालो भविष्यको बाटो देख्ने थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले