नेपाल जेनजी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गर्यो

झापा,२६ मंसिर ।सरकार र जेनजी आन्दोलनकारीबिच भएको औपचारिक सम्झौतापछिको नयाँ चरणमा नेपाल जेनजी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरणसभा झापा क्षेत्र नम्बर ५ बाट सुरु हुने जनाएका छन् ।

आइतबारदेखि झापाको दमकमा आयोजना गरिने कार्यक्रममा नेपाल जेनजी फ्रन्ट (झापा) आयोजक र अग्रगामी झापा–५ समूह स्थानीय आयोजकका रूपमा रहने बताइएको छ ।

कार्यक्रममा स्थानीय रूपमा जेनजी आन्दोलनमा सक्रिय जेनजी अगुवादेखि नागरिक समाजका प्रतिनिधिका साथै राष्ट्रियस्तरमा जेनजी आन्दोलनको नेतृत्वमा रहेर सक्रिय भूमिका निर्वाह गरेका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाल जेनजी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णले जानकारी दिनु भयो ।

उहाँका अनुसार नेपाल जेनजी फ्रन्टका तर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा, काउन्सिल अफ जेनजीका प्रदेश नं १ संयोजक उपार्जुन चाम्लिङलगायत जेनजी अगुवाहरू उक्त कार्यक्रमको वक्ताका रूपमा रहनेछन् । ओझा झापा क्षेत्र नम्बर ५ का स्थायी बासिन्दा र मतदातासमेत रहनु भएको छ ।

यस जागरणसभाको उद्देश्य जेनजी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकबीच संवाद गर्ने र सम्झौतापछिको कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको कर्णले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौं,१४ साउन । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद

लघुवित्त पीडितसँग वार्ता गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन

काठमान्डौं, १४ साउन।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्नुभएको छ। बिहीबार बसेको मन्त्रिस्तरीय निर्णयबाट

सशस्त्रको भीषण आक्रमण, ९ जना प्रहरीको मृत्यु

पाकिस्तान। प्रहरी चौकीमाथि सशस्त्र समूहले गरेको भीषण आक्रमणमा नौ जना प्रहरीको मृत्यु भएको छ। सुरक्षा कारबाहीका क्रममा १५ जना आक्रमणकारी पनि मारिएका छन् भने दुवै

ई–पासपोर्टमा नयाँ प्रणाली लागू : सरकारको दाबी ठूलो, राहदानी विभागमा सास्ती उस्तै

काठमाडौँ ,१४ साउन । सरकारले हालसम्मकै धेरै डाटा ट्रान्सफर गरी नयाँ प्रणालीबाट दैनिक १५ सय ई–पासपोर्ट छाप्न सुरु गरेको दाबी गरे पनि सेवाग्राहीले पाउने सास्ती

कुमारी बैंकले बेच्दैछ २ लाख ५८ हजार कित्ता संस्थापक शेयर, आवेदनका लागि ३५ दिन

काठमाडौं,१४ साउन । कुमारी बैंक लिमिटेडले २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक शेयर बिक्री

राजनीतिक रोटी सेक्न दुई समुदाय लडाउने काम बन्द गरौँ : सांसद मियाँ

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिना मियाँले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा भएको साम्प्रदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ । प्रतिनिधिसभा