उद्घाटनसत्रमा ३ लाख बढीको उपस्थिति रहने

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आज, १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन

राष्ट्रिय एकताको प्रतीक झल्काउने साङ्गीतिक प्रस्तुति कलाकारहरूले मञ्चमै प्रस्तुत गर्ने

काठमाडौ, २७ मंसिर । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आज उद्घाटन हुँदै छ ।
महाधिवेशनको उद्घाटनसत्र भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा हुँदै छ । आकर्षक र कलात्मक मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनको उद्घाटनसत्रमा ३ लाख बढीको उपस्थिति रहने एमालेको अनुमान छ ।

उद्घाटन कार्यक्रममा नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने तयारी छ । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी लगायत १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको नेकपा एमालेले जनाएको छ ।

कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सय बढी स्वयंसेवक ड्रेसकोडसहित खटिने छन् । जनसेवा व्यवस्थापनका लागि १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने भएको छ ।

लिच्छविकालीन चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूपमा राखेर उपत्यकाका महत्त्वपूर्ण मन्दिरहरूको संरचना समेटिएको एमालेको उद्घाटनसत्रको मञ्च नेपालकै इतिहासमा नै पहिलो ठुलो तथा कलात्मक मञ्च बनेको छ । मञ्चको दायाँबायाँ ३०/३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन जडान गरिएको छ ।

तीन किलोमिटर परसम्म स्पष्ट सुनिने गरी १ सय १५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम राखिएको छ ।
देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ । कार्यक्रममा राष्ट्रिय एकताको प्रतीक झल्काउने साङ्गीतिक प्रस्तुति कलाकारहरूले मञ्चमै प्रस्तुत गर्ने तयारी रहेको छ ।

महाधिवेशन उद्घाटनमा मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटद्वारा पाला बालेर उद्घाटन गर्ने व्यवस्था मिलाइएको छ । ११ औँ महाधिवेशन उद्घाटन स्थलमा ११ वटा पार्टी झण्डा राखिने छन् ।

तीमध्ये १० वटा झण्डा सुरुमा नै फहराइने छन् भने एउटा झण्डा पार्टी अध्यक्ष ओलीले रिमोटबाट फहराउने तयारी गरिएको छ ।

महाधिवेशनको आज उद्घाटनसत्र सकिएपछि भोलि र पर्सी काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । बन्दसत्रले नयाँ नेतृत्व चुन्दै छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु