अनुसन्धान जारी

पाँचथरमा हत्या गरेको आरोपमा एक वृद्ध पक्राउ

पाँचथर,२९ मंसिर । छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

फाल्गुनन्द गाउँपालिका–७ खामेलक बस्ने ३६ वर्षीय प्रेमराज आङदेम्बेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ८२ वर्षीय वर्ण सिंह आङदेम्बेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

वर्ण सिंहले आफ्नै घरको आँगनमा प्रेमराजलाई छुरा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

 

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फौजदारी तथा घरेलु हिंसामा मेलमिलाप हुँदैन : कानुनमन्त्री गौतम

काठमाडौं,१७ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, छरितो, सरल र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन

अर्जुनधाराको पानी कैलाशघाट पुर्‍याउन श्रमदान सुरु

झापा, १७ कात्तिक  । श्रम संस्कृति पार्टीले श्रमदानबाट गर्न लागेको अर्जुनधारा जलेश्वर धामको पानी कैलाश घाटसम्म पुर्‍याउने अभियान आज कार्तीक १७ देखि शुरु भएको छ

इलाममा कात्तिक १८ देखि गोदावरी फूल प्रदर्शनी

इलाम,१७ कार्तीक । तिहार नजिकिएसँगै फूलको माग र कारोबार बढ्ने समयलाई लक्षित गरी इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला आयोजना हुने भएको छ। फ्लोरीकल्चर नेपाल इलामको

मापदण्ड विपरीत कर्मचारी सरुवा गरिएको भन्दै जनकपुरमा प्रदर्शन

जनकपुर,१७ कार्तीक । मधेश प्रदेशमा वन कर्मचारीको सरुवा मापदण्ड विपरीत गरेको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले सांकेतिक विरोध प्रदर्शन गरेको छ । मंगलबार

मौलिक कला–संस्कृतिको संरक्षण र संग्रहालय स्तरोन्नतिको लक्ष्य सहित दमकमा १५ दिने जनजाति महोत्सव सुरु हुँदै

दमक,१७ कार्तीक । झापाको दमकमा मौलिक कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘नेपाल आदिवासी जनजाति साँस्कृतिक महोत्सव २०८३’ भव्य रूपमा आयोजना

पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता

झापा,१७ कार्तीक । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर उपचार र उपशामक हेरचाह सेवाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी

तीन अर्धशतकको मद्दतमा विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

काठमाडौं ,१७ कार्तीक। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गर्नु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन