दमकमा ख्रीष्टमस मनाउँदै लोकगायक ताजपुरियालाई सम्मान गरिने

दमक, १ पुस / इसाई धर्मावलम्बीहरुले ख्रीष्टमस पर्वका अवसरमा पुस २ गते झापाको दमकमा सम्मानसहितको कार्यक्रम हुने भएको छ ।

 

ख्रीष्टमस समारोहमा येशु ख्रीष्ट र बाइबलका धर्मदर्शनका सन्देशसहितको प्रवचन, मनोरञ्जनात्मक गीतसंगीत, नृत्य र शुभकामना आदानप्रदान कार्यक्रम गरिने आयोजक दमक नगर इसाई समाजले जनाएको छ । जसमा वरिष्ठ लोक गायक सिताराम ताजपुरियालाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिने भएको छ ।

 

दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यतामा गोर्खा डिपार्टमेन्ट अगाडि ख्रीष्टमस मनाइने कार्यक्रम संयोजक पाष्टर आकाश थुलुङ राईले जानकारी दिनु भयो । २९ वर्षअघि दमकमा इसाई धर्मावलम्बीहरुले स्थापना गरेको दमक नगर इसाई समाजले हालसम्म सामाजिक सेवा र सामाजिक रुपान्तरणममा रचनात्मक कार्यहरु सञ्चालन गर्दै आइरहेको पाष्टर थुलुङले उल्लेख गर्नुभएको छ ।

 

सो समारोहलाई मनोरञ्जन बनाउन स्थानीय चर्चका कलाकारले गीतसंगीत र नृत्य प्रस्तुत गरिने भएको छ । त्यस्तैं, दमकका ३६ वटा चर्चबाट आ–आफ्नो जातीय र साँस्कृतिक भेषभूषामा सजिएर आउने कार्यक्रम रहेको पाष्टर थुलु्रङले बताउनु भयो ।

 

ख्रीष्टमसलाई लक्षित गरेर पुस ४ गते दमक ५ नारायणगोपाल टोलमा दमक थुलुङ डेन्टल क्लिनिकसँगको सहकार्यमा एक दिने निःशुल्क दन्त शिविर गर्नेभएको छ ।

 

ख्रीष्टमसकै अवसर पारेर यसअघि फुटसल प्रतियोगिताकासाथै दमकको चारवटा ग्रामिण क्षेत्रका सामदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानोकपडा, खेलकुद सामग्रीहरु वितरण गरिएको समाजका दमक नगर पूर्व अध्यक्ष एवम् अन्तर धार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष पास्टर राजकुमार नाछिरिङ राईले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति