मेयर साम्पाङद्धारा पार्टी उपाध्यक्ष लामालाई निलम्बन

पुरानो बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा देवराज लामा पक्राउ

धरान,२ पुस। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन गर्नु भएको छ। बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले भिडियो सन्देशमार्फत पार्टीको निर्णय र आफ्नो विचार व्यक्त गर्नु भएको छ । साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गर्नु भएको छ्।

मेयर साम्पाङले आफू सधैं ‘गलतलाई गलत र सहीलाई सही’ भन्ने पक्षमा रहेको स्पष्ट पार्दै राज्यले गर्ने अनुसन्धानमा कुनै पनि किसिमको दबाब वा प्रभाव नपार्ने बताउनु भएको छ्। उहाँले भन्नु भयो,’राज्यले निष्पक्ष छानबिन गरोस्। उहाँ (देवराज लामा) दोषी पाइएको खण्डमा कानुन बमोजिम कारबाही हुनुपर्छ। यसमा हाम्रो केही भन्नु छैन।’ साम्पाङले थपनु भयो,’म गलतलाई गलत नै भन्ने मान्छे हो। यदि उहाँ दोषी हुनुहुन्छ भने उहाँलाई कारबाही हुनैपर्छ। तर यदि निर्दोष हुनुहुन्छ भने उहाँलाई दुःख दिन पाइँदैन।’

अनुसन्धान प्रक्रियालाई सहज बनाउन र नैतिकताको आधारमा लामालाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको साम्पाङले जानकारी दिनु भयो। ’उहाँ निर्दोष साबित भएर बाहिर ननिस्किएसम्मका लागि पार्टीको पदबाट निलम्बन गरिएको छ,’ साम्पाङले भन्नु भयो,’यदि दोषी करार हुनुभयो भने उहाँ पार्टीबाट मुक्त हुनुहुनेछ। तर, निर्दोष भएर आउनुभयो भने हामी पुनः स्वागत गर्नेछौं।’ यस विषयमा पार्टीले आधिकारिक प्रेस विज्ञप्ति पनि जारी गर्ने उहाँले बताउनु भयो ।

उपाध्यक्ष लामा पूर्व माओवादी कार्यकर्ता रहेको र विगतमा सशस्त्र द्वन्द्वमा सहभागी भएको कुरा आफूलाई जानकारी भए पनि अहिले पक्राउ गरिएको समय र सन्दर्भप्रति भने साम्पाङले आशंका व्यक्त गर्नु भयो।

उहाँले भन्नु भयो,’उहाँले विगतमा जेल भुक्तान गरिसकेको भन्ने कुरा पनि आएको छ। २०७९ सालको चुनावमा भाग लिँदा केही भएन, तर अहिले श्रम संस्कृति पार्टीको लोकप्रियता र क्रेज बढेपछि १३–१४ वर्ष वा २०–२५ वर्ष पुरानो कुरा उक्काएर पक्राउ गर्नु राजनीतिक प्रतिशोध र षड्यन्त्रको गन्ध आएको छ।’
साम्पाङले जुनसुकै राजनीतिक षड्यन्त्र भए पनि आफूहरू विचलित नहुने र देश तथा जनताको पक्षमा काम गरिरहने प्रतिबद्धता दोहोर्याउनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी