भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन ,शोकमा चलचित्र क्षेत्र

काठमाडौं ,२२ असोज। भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उहाँका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उहाँलाई असाधारण अभिनेता र प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरेका छन् ।

७५ वर्षीय पाटेकरको बिहीबार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । मणिपाल अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा। शेखर साल्करका अनुसार हृदयघातपछि उहाँलाई ४५ मिनेटसम्म सीपीआर दिइएको थियो । तर, उहाँलाई बचाउन सकिएन ।

पाटेकरसँग ‘ब्लफमास्टर’ र ‘हाउसफुल ५’मा काम गरेका अभिनेता रितेश देशमुखले उहाँको निधनको खबरले आफू शब्दविहीन भएको बताएका छन् । उहाँले पाटेकरलाई कुनै पनि किसिमको भूमिका निर्वाह गर्न सक्ने असाधारण अभिनेता भन्दै श्रद्धाञ्जली दिनु भएको छ ।

देशमुखले पाटेकरलाई पर्दामा मात्र नभई पर्दाबाहिर पनि ‘हिरो’का रूपमा स्मरण गर्नु भएको छ । उहाँका अनुसार पाटेकरले आफ्नो परोपकारी काममार्फत मानिसहरूको हितका लागि निरन्तर काम गर्नु भएको थियो ।

अभिनेता अक्षय कुमारले पनि पाटेकरको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । ‘वेलकम’ र ‘हाउसफुल ५’मा उनीसँग काम गरेका अक्षयले पाटेकरको अभिनयमा रहेको आवाज, तीव्रता र इमानदारीलाई स्मरण गर्दै उहाँजस्तो अभिनेता विरलै पाइने बताउनु भएको छ ।

अक्षयले पाटेकरसँग काम गर्दाका सम्झना आफूले सधैँ सुरक्षित राख्ने उल्लेख गर्नु भएको छ । उहाँले पाटेकरलाई ‘एक किसिमको’ अभिनेता भन्दै उहाँको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

अभिनेता आदिल हुसेनले पनि पाटेकरको निधनको खबरमा आफूलाई विश्वास गर्न कठिन भएको बताउनु भएको छ । उहाँले पाटेकरको अभिनयबाट आफू लगायत धेरै कलाकार प्रेरित भएको उल्लेख गर्दै उहाँको आत्माको शान्तिको कामना गर्नु भयो ।

पाटेकरले सन् १९७८ मा ‘गमन’बाट अभिनय यात्रा सुरु गर्नु भएको छ । ‘परिन्दा’, ‘प्रहार’, ‘अंगार’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा उहाँको अभिनय चर्चित छ ।

गम्भीर भूमिकादेखि हास्य भूमिकासम्म प्रभावशाली अभिनय गरेका पाटेकर पछिल्लो समय पनि चलचित्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँ अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुखलगायतको अभिनय रहेको ‘हाउसफुल ५’मा देखिनु भएको थियो ।

पछिल्लो समय उहाँ विशाल भारद्वाजको ‘ओ’रोमियो’मा शाहिद कपुर र तृप्ति डिमरीसँगै प्रहरी अधिकारीको भूमिकामा देखिनु भएको थियो । अनिल कपुर र राधिका मदान अभिनीत ‘सुबेदार’मा पनि उहाँको विशेष भूमिका रहेको थियो ।

पाटेकरको निधनपछि सहकलाकारहरूले व्यक्त गरेका श्रद्धाञ्जलीमा उहाँको अभिनय क्षमता, व्यक्तिगत शैली र चलचित्र क्षेत्रमा पारेको प्रभावलाई विशेष रूपमा स्मरण गरिएको छ । देशमुखले उहाँको निधनलाई ‘वास्तवमै एउटा युगको अन्त्य’ भनेका छन् । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल