मोरङ,२२ असोज । मोरङमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा ७४ वटा व्यावसायिक फर्ममध्ये २९ वटा फर्म कारबाहीमा परेका छन्। असोज ९ गतेयता भएको यो अनुगमनमा कैफियत भेटिएका यी फर्महरूलाई कुल ६ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमन गरिएका फर्म ७४ वटा मध्ये २९ वटा फर्म कारबाहीमा परेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
उपभोक्ताको हित संरक्षण, बजारमा वस्तुको गुणस्तर, मूल्य, नापतौलको शुद्धता तथा व्यावसायिक पारदर्शिता कायम गर्ने उद्देश्यले विराटनगर महानगरपालिका तथा आसपासका बजार क्षेत्रमा संयुक्त अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बिलरविजक जारी नगर्ने, खरिद–बिक्री खाता दुरुस्त नराख्ने तथा करसम्बन्धी मापदण्ड पालना नगर्ने १९ वटा फर्मलाई १ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको छ।
चाडपर्वलाई लक्षित गर्दै बजारमा हुने कालोबजारी, म्याद नाघेका सामान बिक्री तथा मूल्य वृद्धिलाई नियन्त्रण गर्न यो संयुक्त बजार अनुगमन गरिएको हो।









