सडक खन्ने क्रममा पहिरो खस्दा एक्काभेटर चालक पुरिए, सह–चालक घाइते

मुगु ,२६ असोज। मुगुको जिल्लाको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्काभेटर ९स्काईभेटर० र त्यसका चालक पुरिएका छन् भने सह–चालक घाइते भएका छन् ।

खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा मुगु–रारा भित्री सडक खण्डको बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा सोमबार बिहान करिब ८ः३० बजे माथिबाट एक्कासी सुक्खा पहिरो खसेको थियो ।

पहिरोमा परी बा ३ क ३२७६ नम्बरको एक्काभेटर र त्यसका चालक बझाङ घर भएका २४ वर्षीय बिमल बाग पुरिएका छन् । पहिरोले एक्काभेटरसहित चालक पुरिएपछि खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनामा परी एक्काभेटरका सह–चालक सोरु गाउँपालिका–१ का २२ वर्षीय बिनय मल्ल घाइते भएका छन् । एक्काभेटर बाहिर बसेर ढुंगा खस्छ कि भनेर हेरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले लागेर उनको हात र खुट्टामा चोट लागेको छ । घाइते मल्लको अवस्था सामान्य रहेको र उनले कुराकानी गर्नसक्ने स्थितिमा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिराज थपलियाले जानकारी दिए ।

घटनालगत्तै उद्धारका लागि प्रहरी टोली खटिएको छ । इलाका प्रहरी कार्यालय रातापानी, मुगुबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको कमाण्डमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक ९प्रसनि० आनन्द कुमार प्याकुरेलको कमाण्डमा सात जना गरी कुल १३ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरिरहेको छ ।

उक्त घट्नास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब सात किलोमिटर पूर्व र प्रहरी चौकी माझचौरबाट ११ किलोमिटर पश्चिम दूरीमा पर्दछ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल