इलाम, ९ कात्तिक । इलामको देउमाई नगरपालिकामा आज बिहान बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।देउमाई नगरपालिका–१ चमैतास्थित चौरी बजारमा बिहान करिब ६ : ३० बजे मे १ ज ३०४० नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको थियो। दुर्घटनामा परेर सोही वडाका २१ वर्षीय चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

८ शहरमा फ्लडलाइटसहित रंगशाला बनाउने मन्त्रालयको तयारी
काठमाडौं ,९ कार्तीक। पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल









