अनुसन्धान जारी

झापामा ब्राउन सुगरसहित तीनजना पक्राउ, एक फरार

झापा, १७ कात्तिक । झापाका छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले गएराति ८ : ३० बजे मेचीनगर–६ स्थित मेची पुलबाट मेचीनगर–१० का २९ वर्षीय मेहबुब आलम मियाँलाई पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गर्दा शंका लागेर जाँच गर्दा उनको साथबाट प्लाष्टिकबाहेक ११ ग्राम ४७० मिलिग्राम (प्लाष्टिकसहित १४ ग्राम २९) मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

त्यस्तै, शिवसताक्षी नगरपालिका–६ हवल्दार चोकबाट हिजो दिउँसो थप दुईजना पक्राउ परेका छन्। ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेको टोली सूर्य पौडेलको काठको घरमा पुग्दा भाग्न खोजेका शिवसताक्षी–६ का १९ वर्षीय गंगाराम मर्डी र शिवसताक्षी–५ का ४० वर्षीय राजेन्द्र गणेशलाई नियन्त्रणमा लिएको हो।उक्त घरको दोस्रो तलास्थित टिनको दराजभित्र लुकाइएको अवस्थामा प्लाष्टिकबाहेक २ ग्राम ५५० मिलिग्राम प्लाष्टिकसहित ३ ग्राम १८ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। कारोबारमा संलग्न रहेको आशंका गरिएका घरधनी ४१ वर्षीय सूर्य पौडेल भने फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फेसबुकको मित्रताले भारतको बन्धकसम्म पुर्‍यायो : अभिभावकको बेवास्ताले बालबालिका बेचबिखनको जोखिममा

काठमाडौँ , कार्तिक १७। आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थिइन् । परिवारको माया र ममताको अभावले निराश भएकी उनी प्रेम र आत्मीयता पाउन साथी खोज्न थालिन्

‘समस्या कानुनको अभाव होइन, कार्यान्वयन नगर्ने राज्यको नियत हो’ : वरिष्ठ पत्रकार दाहाल

काठमाडौं , कार्तिक १७। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम वरिष्ठ पत्रकार तारानाथ दाहालले पत्रकारमाथि हुने हिंसा, धरपकड, गिरफ्तारी र दमनका घटनामा राज्यका निकाय जवाफदेही हुन

बुढानीलकण्ठमा अतिक्रमित संरचना हटाउन अल्टिमेटम

काठमाडौं,१७ कार्तीक। प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बुढानीलकण्ठ मन्दिर क्षेत्र आसपास सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सम्बन्धित निकायले निर्देशन दिएको छ। तोकिएको समयभित्र संरचना

बाढी, पहिरो र निर्माण कार्यले देशका मुख्य राजमार्ग प्रभावित : कतै एकतर्फी, कतै पूर्ण अवरुद्ध

काठमाडौं , कार्तिक १७। बाढी, पहिरो तथा विकास निर्माणका कामले गर्दा देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन अवरुद्ध र प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक

भारतीय मरीन कमान्डोको सटीक अपरेसन : सोमालियाको तटनजिक कब्जामा परेको जहाज नियन्त्रणमा

काठमाडौं , कार्तिक १७। भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको माछा मार्ने जहाज ‘अजिनी’लाई मुक्त गराएको छ । ४८ घण्टाभन्दा बढी

सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु, एक घाइते

काठमाडौं , कार्तिक १७। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्

नदी नियन्त्रणमा पहिलो त्रैमासिक प्रगति : भौतिक उपलब्धि ३५ प्रतिशत, बजेट खर्च २३ प्रतिशत मात्रै

काठमाडौं , कार्तिक १७। नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनका कार्यक्रमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् ।