जनकपुर,१७ कार्तीक । मधेश प्रदेशमा वन कर्मचारीको सरुवा मापदण्ड विपरीत गरेको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले सांकेतिक विरोध प्रदर्शन गरेको छ । मंगलबार जनकपुरधाम स्थित मधेश भवनको प्रवेशद्वार अगाडि अभियानका सदस्यहरुले सरकारविरुद्ध कालो कपडाले मुख छोपेर सांकेतिक विरोध जनाएका छन् । उनीहरुले कर्मचारी सरुवामा मधेश प्रदेश सरकारकको समानता र पारदर्शिताको अभाव रहेको आरोप लगाएका छन् ।समायोजनपछि सरुवा हुन बाँकी कर्मचारीलाई अन्य जिल्लामा पदस्थापन गर्न माग गरेको छ । अभियानका संयोजक सुनिल यादवले मन्त्रालयहरुका सचिव र निर्देशकहरुको मिलेमत्तोमा कर्मचारी सरुवामा अनियमितता हुँदै गरेको आरोप लगाँउनु भएको छ । मन्त्रालयले कर्मचारीलाई चलाउने हो की कर्मचारीले मन्त्रालय चलाउने हो ? भनेर संयोजक यादवले प्रश्न गर्नु भएको छ।
वन मन्त्रालयसहित अन्य मन्त्रालयहरुमा कार्यरत्त कर्मचारीहरुको सरुवामा समान मापदण्ड अपनाउन संयोजक यादवले माग गर्नु भएको छ । राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थका कारण सरुवा निर्णय प्रभावित हुने गरेको आशंका व्यक्त गर्दै उहाँले यस्तो प्रवृत्तिको विरोध जनाँउनु भएको छ।उहाँका अनुसार वन रक्षक तहका केही कर्मचारीको सरुवा भए पनि अन्य पदमा कार्यरत कर्मचारीको हकमा प्रक्रिया पूर्ण रूपमा पारदर्शी नभएको देखिएको छ । उहाँले मुख्यतः सचिवस्तरका कर्मचारीहरु एउटै मन्त्रालयमा लामो समयसम्म बसिरह्नु र तल्लो तहका कर्मचारीको मात्र सरुवा हुनु दुखःद गरेको बताँउनु भयो ।
मन्त्रालयले तय गरेका मापदण्ड सबै कर्मचारीमाथि समान रूपमा लागू नभएको भन्दै अभियानले सरुवा रोकिएका कर्मचारीको अवस्था र त्यसको आधारबारे मधेश प्रदेश सरकारसंग जानकारी माग गरेको छ ।कर्मचारी सरुवा नियमानुसार नभए आफूहरु दिपावली पछि अनिश्चितकालिन आन्दोलनमा जाने र सचिव तथा निर्देशकहरुलाई कालोमोसोसमिते गर्ने अभियानका संयोजक यादवले चेतावनी दिनु भएको छ ।










