विद्युत् खपत बढाउन र गुणस्तरीय सेवा दिन ऊर्जामन्त्रीको निर्देशन

पोखरा,१२ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि गर्न तथा गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिनु भयो।नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने भन्दै उपभोक्ताले गुणस्तरीय, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा पाउने व्यवस्था गर्नुपर्ने बताँउनु भएको छ।

 

उहाँले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि विद्युत् चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो। चुहावट नियन्त्रण, पूर्वाधार स्तरोन्नति तथा विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा प्राधिकरणका सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा उहाँले जोड दिनु भयो।प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा पाँच लाख ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा प्रदान गर्दै आएको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा एक अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन भएको छ। यो लक्ष्यको ९९.१ प्रतिशत हो।

 

त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा ट्रान्सफर्मर जल्ने घटनामा ७२.५ प्रतिशतभन्दा बढी कमी आएको छ। आर्थिक वर्ष २०८२÷८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा मात्रै जलेका छन्। मन्त्री श्रेष्ठले यसलाई वितरण प्रणालीमा आएको सुधारको सकारात्मक संकेतका रूपमा व्याख्या गर्नु भएको छ।गण्डकी प्रदेशमा १३ वटा वितरण केन्द्र, चार हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३÷११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ। तर, प्रदेशमा विद्युत् चुहावट ६.७८ प्रतिशत रहेको छ, जुन चालु आर्थिक वर्षका लागि निर्धारित ६.६५ प्रतिशतको लक्ष्यभन्दा बढी हो। चुहावटलाई निर्धारित सीमाभित्र ल्याउन प्रभावकारी कदम चाल्न मन्त्री श्रेष्ठले निर्देशन दिनु भयो।प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशमा विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।बाढीपहिरोका कारण ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्

विद्युत् खपत बढाउन र गुणस्तरीय सेवा दिन ऊर्जामन्त्रीको निर्देशन

पोखरा,१२ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि गर्न तथा गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न वितरण केन्द्र

झापाको कन्काईमा थ्रेसरबाट आगलागी, ५० हजारको पराल नष्ट

झापा , १२ मसिर । धान झार्ने थ्रेसरबाट झापामा फेरि आगलागी भएको छ ।आज शनिबार बिहान कन्काई नगरपालिका २ शान्ति टोल बस्ने ओमनाथ ढकालको धान

झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने रास्वपा सभापति लामिछानेको घोषणा

काठमाडौं,१२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट

मत नदिए पनि कर्णालीको विकासमा रास्वपा प्रतिबद्ध छ : सभापति लामिछाने

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई पार्टीले प्राथमिकतामा राख्ने बताँउनु भएको छ ।शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन