बिनास कि बिकास ?

कोशि करिडोर बन्न हजारै गुराँसका रुख काटिदै

rukha katine

तेह्रथुम/
राष्ट्रिय गौरवको आयोजना कोसी करिडोर २ सय २० केभिए विद्युत् प्रशारण लाइन विस्तारको क्रममा साना-ठूला गरी २५ हजारभन्दा बढी गुराँससहितका रुख काट्न लागिएको छ ।तेह्रथुम र ताप्लेजुङका सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रका रुख कटान गर्न लागिएको हो ।

यी रुख काट्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । आयोजना कार्यालयले यसअघि नै प्राभावित क्षेत्रको विस्तृत अध्ययन, रुख गणना र डिजाइन गरी टावर गाढ्ने र तार तान्ने काम सम्पन्न गरिसकेको छ ।प्रशारण लाइन क्षेत्रमा परेका गुराँस, पात्ले, सल्ला, चिलाउने, फुस्रे, फलाँट, उत्तिस लगायत जातका रुख कटान हुने डिभिजन वन कार्यालयले जनाएको छ ।

यी सबै रूखबाट उत्पादन हुने काठ र दाउराको मूल्याङकन गर्न भने बाँकी छ । ती रुख वन कार्यालयसँगको सहकार्यमा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहले काट्नेछन् । त्यसका लागि लाग्ने सम्पूणर् खर्च आयोजना कार्यालयले ब्यहोर्ने छ

।रुख नोक्सानीको शोधभर्ना स्वरूप निर्माणकर्ताले वन कार्यालयले देखाएको खुल्ला जमिनमा एक रुख बराबर २५ बिरुवा रोप्नु पर्नेछ। तेह्रथुमका डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठका अनुसार मन्त्रिपरिषद्बाट रुख कटान स्वीकृत भएर फिल्डमा काम पनि सुरु भइसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको