बिनास कि बिकास ?

कोशि करिडोर बन्न हजारै गुराँसका रुख काटिदै

तेह्रथुम/
राष्ट्रिय गौरवको आयोजना कोसी करिडोर २ सय २० केभिए विद्युत् प्रशारण लाइन विस्तारको क्रममा साना-ठूला गरी २५ हजारभन्दा बढी गुराँससहितका रुख काट्न लागिएको छ ।तेह्रथुम र ताप्लेजुङका सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रका रुख कटान गर्न लागिएको हो ।

यी रुख काट्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । आयोजना कार्यालयले यसअघि नै प्राभावित क्षेत्रको विस्तृत अध्ययन, रुख गणना र डिजाइन गरी टावर गाढ्ने र तार तान्ने काम सम्पन्न गरिसकेको छ ।प्रशारण लाइन क्षेत्रमा परेका गुराँस, पात्ले, सल्ला, चिलाउने, फुस्रे, फलाँट, उत्तिस लगायत जातका रुख कटान हुने डिभिजन वन कार्यालयले जनाएको छ ।

यी सबै रूखबाट उत्पादन हुने काठ र दाउराको मूल्याङकन गर्न भने बाँकी छ । ती रुख वन कार्यालयसँगको सहकार्यमा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहले काट्नेछन् । त्यसका लागि लाग्ने सम्पूणर् खर्च आयोजना कार्यालयले ब्यहोर्ने छ

।रुख नोक्सानीको शोधभर्ना स्वरूप निर्माणकर्ताले वन कार्यालयले देखाएको खुल्ला जमिनमा एक रुख बराबर २५ बिरुवा रोप्नु पर्नेछ। तेह्रथुमका डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठका अनुसार मन्त्रिपरिषद्बाट रुख कटान स्वीकृत भएर फिल्डमा काम पनि सुरु भइसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब

बिहीबारदेखि लामो र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं,७ असोज । बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीले सर्वसाधारणलाई आग्रह गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं ,७ असोज। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ

कैलाली कांग्रेस सभापति भट्टको जिम्मेवारी खोसियो, बडुवाल बने कार्यवाहक

कैलाली ,७ असोज । नेपाली कांग्रेसले कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। १५औँ महाधिवेशनअन्तर्गत जिल्ला मातहतका

फोहोर अब ‘फोहोर’ मात्र होइन, स्रोतका रूपमा उपयोग गर्ने कानुन ल्याउँदै सरकार

काठमान्डौं,७ असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ । विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरको वैज्ञानिक व्यवस्थापन, पुनःप्रशोधन

बालमैत्री नगर घोषणाको पूर्वसन्ध्यामा खुल्यो बाल उद्यान, बालबालिकाका लागि के–के छन्

दमक, ७ असोज । दमक नगरपालिका वडा नम्बर २ स्थित पाथीभरा कोलोनीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ। बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेका बेला बालबालिकाका