दमकमा अव ‘विरुवा नहुर्काए’ घर निर्माण सम्पन्नता प्रमाणपत्र नदिइने

दमक/ हरित नगर समृद्ध दमक भन्ने नारा छ दमक नगरपालिकाको । तर यसलाई पुरा गर्ने केहि निती बनेपनि प्रभावकारी कार्यान्वायन भने भएको पाइदैन ।

खास गरेर नगरका खुल्ला स्थानमा बृक्षारोपण गरिन्छ । तर त्यसको उचीत संरक्षण हुदैन । औपचारीकताकालागी नगरमा रहेका बिभिन्न सघं सस्था साथै नगरपालिका आफै समेत लागी परेर समय समयमा बृक्षारोपणका काम हुने गरेका छन् ।

यहाँ कहिले नगरलै आँपै आँपको शहर बनाउने भनेर अभियान चलाइन्छ त कहिले फूलै फूलको नगर बनाउने भन्दै फूलका बिरुवा समेत रोप्दै अभियानको थालनी गरिन्छ । तर न ती आँपले अहिले सम्म उत्पादन दिन थालेका छन् न फूल फूलेर कहिलै ढकमक्क भएको छ । तर पनि दमक नगरपालिका हरित नगर बनाउने योजना कार्यान्वायन भइरहेको छ भन्दै भाषण गर्न चाहि छोड्दैन ।

दमक नगरपालिकाको वातावरण कस्तो बनाउने भनेर नगरपालिकामा वातावरण समिती छ । सो समिती अन्तर्गत वातावरण अधिकृत सहितलाई परिचालन गरेर नगरको वातावरण सम्बन्धीको कार्यविधि बनाउने र त्यसको कार्यान्वायन गर्ने काम भइरहेको समितीका अध्यक्ष टेक बहादुर थापाले बताउनु भयो ।

उज्यालो खवरको स्टुडियोमा आइपुग्नु भएका अध्यक्ष थापालाई हामीले सोध्यौ तपाईले भनेका जस्ता अभियान सुरु भयो । तर त्यसले के परिणाम दिइरहेको छ ?

उहाँले भन्नु भयो यस अघी केहि कमीकमजोरी भएकै हो । तर अव चाहि मामी दमकलाई वातावरणमैत्री नगर बनाउने अभियानमा छौ । हरेक नागरिकलाई एक एक विरुवा अनिवार्य गराउने छौ । हैन भने हामी नयाँ घर बन्दा घर सम्पन्नताको प्रमाणपत्र नै दिनेछैनौ । ’ उहाँले भन्नु भयो ‘विरुवा रोपेको मात्रै नभएर हुर्केको हुनु पर्ने छ र त्यसको सक्षरण गर्न म तयार छु भन्ने प्रतिवद्धता गर्नु पर्ने छ । ’ नयाँ नियमबारेमा उहाँले जानकारी दिनु भयो ।

उहाँसगका संवादको भिडियो यहाँ राखीएको छ ।

https://fb.watch/tozZfl6-Ls/

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ