समयको माग अनुसारको शिक्षा

दमकको आस्था कलेजमा ‘व्यूटिसियन’ समेत पढाई हुने, विद्यार्थीले रोजगारको अवसर पाउने

दमक, १३ साउन / दमक ४ मा रहेको आस्था कलेज अफ म्यानेजमेण्टले यही शैक्षिकसत्रदेखि सौन्दर्य कला र कपाल सजावटको विषय समेत पढाउने भएको छ ।
कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई सीपको विकास गराउन यो खाले विषयको पाठ्यपुस्तक मार्फत नै पढाउन थालिने कलेजका प्रिन्सिपल टेकनाथ भण्डारीले जानकारी दिनु भयो ।

कलेजले नयाँ विषयको सुरुवात गरेपछि त्यो विषय पढ्दा विद्यार्थीले के उपलब्धि हासिल गर्छन् भन्ने बारे विषयबिज्ञ ल्याएर विद्यार्थीलाई जानकारी गराउने गरेको छ ।
यही सन्दर्भमा आइतबार सौन्दर्य कला व्यवसायी सघंकी केन्द्रीय अध्यक्ष तथा सौन्दर्य कला सम्बन्धिको पाठ्यक्रम समेत निर्माण गर्नु भएकी व्यूटिसियन कमला श्रेष्ठ सहित अन्य व्यूटिसियनहरु मार्फत सो क्षेत्रको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । झण्डै ५ सय हाराहारीमा सहभागी विद्यार्थीलाई श्रेष्ठले सौन्दर्यकला क्षेत्रमा अथाह सम्भावना रहेको बताउनु भयो । सो क्षेत्रमा काम गर्न सक्नेकालागि यहीँ नै बसि बसि पनि महिनाको ८ लाखसम्म कमाई गर्न सकिने उहाँले आफ्नै विद्यार्थीको उदाहरण सहित प्रट्याउनु भयो । सो क्षेत्रमा काम गर्नेहरुले दिने सेवा र गुणस्तरीयताले पनि पेशालाई थप आकर्षित बनाउने उहाँको भनाई थियो ।

यो खाले शिक्षाले विद्यार्थीको परनिर्भरता कम गराउने छ । कक्षा १२ सकिसकेपछि कहिँ न कहिँ रोजगारमा लाग्न वा स्वरोजगार हुने अवस्था रहन्छ । अथवा उच्च शिक्षाकालागि थप अघि बढ्नसक्ने वातावरणको सिर्जना हुन्छ । कार्यक्रममा बोल्दै डाइनामिक पब्लिक लाइब्रेरी दमकका सस्थापक अध्यक्ष भेषराज न्यौपानेले सीप सहितको दक्षता आफुमा विकास गराउन सकेमा आर्थिक रुपमा बजबुत हुन सकिने जनाउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले सौन्दर्यकलालाई पनि अव पाठ्यक्रममा राखेर अध्यापन गराउन थालेको थाह पाएर खुसी लागेको बताउनु भयो । अव हरेक सीपलाई शिक्षासँग जोडेर लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो ।

आस्था कलेजले अहिले कक्षा ११ का लागि नयाँ सत्र सुरु गरेको छ । यो सत्रमा अध्यापन हुने हरेक विषयका विज्ञहरुसँग विद्यार्थीलाई राखेर त्यसका उपलब्धीका बारेमा जानकारी गराउने कार्यक्रम गर्दै आएको छ । यसले पढिरहेका विद्यार्थीहरुमा पढिसकेपछि के गर्ने भन्ने कुराको निश्चिन्तता गराउन मद्धत गर्ने कलेजको विश्वास रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ