दमकेलीको नेतृत्वमा दमकको आशा

दमकको विकासका लागि केपी ओली र देवेन्द्र दाहालसँग २७ बुँदे माग

दमक, १६ साउन / झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट अहिले देशको बागडोर सम्हाल्ने मन्त्रीको जिम्मेबारीमा पुगेका व्यक्तिहरु भएपछि आफ्नो क्षेत्रको विकास निर्माणले गति लिने स्थानीयले आशा गरेका छन् ।

यही सन्दर्भमा नेकपा एमाले दमक नगर कमिटीले आफ्नो पार्टीका अध्यक्ष एवम् झापा ५ का सांसद केपी शर्मा ओली प्रधानमन्त्री र दमक निवासी राष्ट्रियसभाका एमालेका संसदीय दलका नेताको भूमिका निर्वाह गर्नुभएका देवेन्द्र दाहाल भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री बनेपछिको आशामा उहाँहरु समक्ष योजना पेश गरेको छ । नगर कमिटी अध्यक्ष रामप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओली र मन्त्री दाहाललाई ंमन्त्रालयमा भेटेर सफल कार्यकालको शुभकामनासँगै समग्र देशकैं विकास निर्माणले गतिलिने विश्वासका साथ दमकका महत्वपूणर् २७ वटा योजनाको माग अघि सार्‍यो । जसमा यसअघि सुरु भइ अधुरो अवस्थामा रहेका योजनाहरु तथा नयाँ योजनाहरु पेश गरिएको एमाले दमक नगर अध्यक्ष पौडेलले जनाउनु भयो । ती योजनाहरुमा अघिल्लो पटक प्रधानमन्त्रीहुँदा ओलीले अघि सार्नुभएका योजनाहरु लगायत रहेको उल्लेख गर्नुभयो ।

मागपत्रमा पुराना तर सरकार फेरिएपछि कार्यान्वयन रोकिएका योजनाहरुमा दमक ३ को सवैभन्दा अग्लो बुद्ध मूर्ति निर्माण, दमक औद्योगिक पार्कको कार्यान्वयन, दमक रवि चिसापानी सडक, दमक ३ को बेलडाँगी खानेपानी आयोजना, दमक १० मा ओभरहेड खानेपानी ट्यांकी, ंदमक चक्रपथ लगायतका योजना पूरा गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । यसका साथै दीपिनी खोला तटबन्ध तथा दुबै किनारमा पेटी, रतुवा र मावा नदी नियन्त्रण, दमकमा बहुतले बसपार्क, दमक चक्रपथ, दमक ३ मा मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला, विज्ञान पार्क निर्माण, विजनेट भ्यूटावर र दमक सभाहलको कार्यविधि निर्माण गरी सञ्चालन, ढुकुरपानीबाट मोरङको महेशचोक जोडिनेगरी मावा खोलामा पुल निर्माणको अधुरो रहेको योजना सम्पन्न गर्न ध्यानाकर्षण गराइएको छ ।

दमक क्याम्पसका साथै हिमालय र ढुकुरपानी माविको भवन, अडियामल चोक जाने बाटोहुँदै बेलडाँगी सडक स्तरोन्नती, ड्रेन सहित कृष्णमन्दिर ढुकुरपानी बाघखोर सडक निर्माण, चियावगान मदनआश्रित चोक मिलडाँडा बेलडाँगी सडक निर्माण जस्ता अधुरा योजना अब पूरा गरिनुपर्ने माग गरिएको छ ।
नयाँ योजनामा, दमक अस्पताललाई १ सय बेडमा स्तरोन्नति, किओच बाल अस्पतालको स्तरोन्नति, ल्याण्डपुलिङ कार्यक्रमको कार्यान्वयन, यातायात व्यवस्था कार्यालयको स्थापना, दमक ५, ६ र ७ नम्बरमा पर्ने बजार क्षेत्रमा भूमिगत विद्युतीकरणको माग अघि सारिएको छ ।

प्रधानमन्त्री र अन्य सवै मन्त्रीले समग्र रुपमा देशैभरीको विकासलाई समानरुपमा अघि बढाउने दायित्व हुन्छ । त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रका समस्या र समाधानको उपाय भनें त्यसै क्षेत्रका सांसदलाई थाहा हुन्छ । यसअर्थमा यसअघि थालिएका सहितका योजनाहरु कार्यान्वयन हुने कुरामा दमकका स्थानीयको अपेक्षा स्वभाविक मान्न सकिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको