उज्यालो शिक्षा - दमकबाटै रिसर्च

क्याम्पसको ल्याबबाट २० जनाले पीएचडी गर्दै – दमक बहुमुखी क्याम्पस

दमक, २३ साउन / कक्षा १२ को परीक्षाफल प्रकाशनपछि अव स्नातकतह पढ्न विद्यार्थीहरुले योजना बनाइरहेका छन् । स्नातक तह पढ्दा अव आफ्नो भविष्य कुन विषय र कहाँ पढ्दा सुनिश्चित हुन्छ भन्ने गरी विद्यार्थीहरुले योजना बनाउने गर्दछन् ।

 

त्यसैले जीवनको महत्वपूणर् अवसर खोज्न चुनौति मोल्दै विद्यार्थीहरु विषय छानिरहेका छन् । पढ्ने क्षेत्र र ठाउँको निक्र्यौल गरिरहेका छन् ।
तर अझैपनि आफुमा के क्षमता छ र त्यो क्षमतालाई थप परिस्कृत गर्दै जीवनमा अघि बढ्ने भन्दा पनि मेरो साथी के पढ्दैछ र कहाँ जादैछ भन्ने कुराकै आाधारमा यसपछिको अध्ययन यात्रा तय गर्ने विद्यार्थीहरु पनि छन् ।
अनि अर्कातर्फ, १२ सकेर पनि नेपालमै बस्नु र ? नेपालमा पनि पढेर भविष्य बन्छ त भन्ने भाष्य पनि निर्माण गरिएको छ । जसले नेपालका युवा जनशक्तिलाई विदेश पलायन हुन प्रोत्साहन गरिनैरहेको छ ।
के उसो हो भने यही बसेर पढ्दैमा विद्यार्थीको भविष्य नै बन्दैन त ? काम गर्न स्वरोजगार बन्न वा एक असल नागरिक बन्नेगरिकोे नेपालको शिक्षा छैन ? यो प्रश्न सुन्दा सामान्य तर निकै जटिल छ ।

 

त्यसैले उज्यालो खबरको ‘उज्यालो शिक्षा’मा हामीले खास गरी दमकमा स्नातक तह पढाइरहेका क्याम्पसहरुमा पुगेर त्यहाँका जिम्मेवार पक्षसँग प्रश्न गरेका छौ , ‘तपाईहरुको सिकाई र पढाईकोे पद्धतिप्रति विद्यार्र्थीहरुमा वितृष्णा बढेको हो त ?
दमककै गौरव मानिएको एकमात्र सामुदायिक क्याम्पस हो दमक बहुमुखी क्याम्पस । दमक क्याम्पस पछिल्लो समय भौतिक रुपमा सशक्त क्याम्पस मानिन्छ । राज्यले लगानी गरेर संरचना व्यवस्थित बनाएको छ । शैक्षिक रुपमा पनि प्रभावकारी बन्दै जाँदैछ । यहाँ अध्यापन गराउने प्राध्यापकहरु निजीको भन्दा धेरै तालिम र अनुभव भएको मानिन्छन् । अहिले ५ हजार भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत गराउँदै आएको छ । क्यूएए मान्यताप्राप्त अन्तराष्ट्रिय स्तरको शिक्षा यहाँबाट दिने गरिएको क्याम्पस प्रमुख प्राध्यापक यज्ञराज गिरी (राम) ले बताउनु भयो ।

 

उहाँले मुख्यतया राजनीतिक परिवेशका कारण यहाँ केही हुँदैन भन्ने एउटा पक्ष र दोस्रोमा मेजर कुरा राम्रोको एकमुष्ठ अभियानमा नलागी भित्रभित्रै छोराछोरी विदेश पढ्न पठाउने परिपाटीले विद्यार्थी बाहिरिएको ठहर गर्नुभएको छ । विदेशमा चाँही अभियन्ताहरु लागेर नराम्रा कुरा ल्याउँदै नल्याउँने र शिक्षाका बारेमा राम्रो मात्रै भन्दै राज्यले समेत प्रोत्साहन दिने गरेको तर नेपालमा चाँही त्यस्तो नभएकाले तिनै देशले विद्यार्थी तान्ने गरेको देखिएको विश्लेषण गर्नुहुन्छ । उहाँ थप्नुहुन्छ ‘यहाँ हामीले अन्तर्राष्ट्रियस्तरकै पढाई गर्न सक्छौं र भइपनि रहेको छ । यहाँ पनि राम्रो हुन्छ भन्ने कुरामा एकबद्ध अभियान छैन । अनि विदेशमा राम्रो हुन्छ भन्ने मानसिकताले घर गरिरहेको छ ।’ उहाँले विदेशबाट पढेर आएकाहरु यहाँ इन्ट्रान्स पास गर्न नसकेको उदाहरण समेत उहाँले प्रस्तुत गर्नुभयो ।अनि पढ्न विदेश पुगेर अभर परेको पनि देखिएको जनाउनु भयो ।

 

राज्यको निकायबाट चाँही यसमा सहयोग कम छ । त्यसका बाबजुद पनि क्याम्पसको आफ्नो ल्याबबाट ४ जनाले पीएचडी गर्दै गरेको र जम्मा १६ जनाले पीएचडीको तयारी गरिहेको सुनाउनु भयो । शिक्षकको गुणस्तर बढाउन रिसर्चमा बढी खर्च गर्नु आवश्यक रहेको चर्चा गर्नुभयो । गुणस्तरीय र उपयोगी शिक्षा तथा अध्यापनको प्रभावकारी विधिका कारण चारजना विदेशी विद्यार्थी दमक क्याम्पसमा पढ्ने गरेकाले पढ्नका लागि अव विदेशै जानु नपर्ने, बरु विदेशका विद्यार्थीलाई समेत तान्न सकिने पक्षलाई स्मरण गराउनु भयो ।

 

‘हामी यहीँ बढी भन्दा बढी रोजगार बनाउने हिसावले अभियानगत हिसावले नै विद्यार्थी रोक्ने सोचमा छौं । हामीले मात्र गरेर सम्भब छैन । विदेशमा पनि कमजोरी छ भनेर भनिदिने गरेका छैनन् ।’ उहाँले अगाडि थप्नुभयो ‘नयाँ टेक्निकल कोर्षमा विद्यार्थीलाई प्रोत्साहन गरिहेका छौं । उनीहरुले आफ्नै ठाउँमा केही गर्नसक्ने अनुसारका विषयमा क्याम्पसले पठनपाठन अघि बढाएको चाँही छ नै ।’

 

हुन त यो राष्ट्रिय समस्या हो । राज्यले नै रोक्न नसकेको विद्यार्थीको भिड सिमित क्याम्पसहरुको प्रयासले मात्रै कति थेगिन्थ्यो होला र ? त्यसैले राज्यले नेपालमा पढेर नेपालमै भविष्य निर्माण गर्न सकिन्छ भन्ने कुराको प्रत्याभूति नगराएसम्म अझै १० वर्ष यहाँका सक्षम र उत्पादनमुखी यूवा जनशक्ति विदेश पलायन भइनैरहने शिक्षा विश्लेषकहरुको विश्लेषण छ । चाहे त्यो काम गर्न होस वा पढ्ने बहानामा । देश छोडेर विदेश जानेको यो लहडको भेल अझै बढिरहने छ । जतिबेलासम्म राज्यले स्वदेशमै रोजगार सिर्जना नगरी रेमिट्यान्सलाई आफ्नो प्रमुख आम्दानीको श्रोत मानिरहन्छ त्यतिबेलासम्म स्थिती यस्तै यस्तै रहन्छ ।

https://fb.watch/tPanEx4g9E/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको